कोलम्बियामाथि एसियाली टोली जापान विजयी (फोटोफिचर)


५ असार २०७५, मंगलवार

काठमाडौं,५ असार : १० खेलाडीमा सीमित कोलम्बियालाई २-१ गोलले स्तब्ध पार्दै एसियाली टोली जापानले रुस विश्वकपमा सुखद सुरुआत गरेको छ। समूह ‘एच’अन्तर्गत मंगलबार बेलुका भएको प्रतिस्पर्धात्मक खेलमा कोलम्बिया खेलको तेस्रो मिनेटमै १० खेलाडीमा समेटिएको थियो।


जापानका लागि खेलको छैठौं मिनेटमा स्निजी कागावाले पेनाल्टीमा गोल गरेर अग्रता दिलाएका थिए । १० खेलाडीमा सीमित भएको कोलम्बियाका लागि खेलको ३१ औं मिनेटमा जुआन फर्नान्डो क्विन्टेरोले बराबरी गोल फर्काए । जापानका लागि युया ओसाकाले खेलको ७३ औं मिनेटमा विजयी गोल गरे ।Colombia v Japan Sanchez sent off for handball in first red card of tournament as rivals take lead from penalty spot 7

कोलम्बियाका कार्लोस सान्चेज खेलको तेस्रो मिनेटमै रातो कार्ड पाएर बाहिरिएका थिए । जापानी फरवार्ड ओसाकाको प्रहार कोलम्बियाका गोलरक्षकले रोकेका थिए । तर, बाउन्स बलमा कागावाको प्रहार कार्लोस सान्चेजले पेनाल्टी एरियामा हातले रोक्न पुगे । त्यससँगै पाएको पेनाल्टी सदुपयोग गर्दै जापानका कागावाले अग्रता दिलाएका थिए ।Colombia v Japan Sanchez sent off for handball in first red card of tournament as rivals take lead from penalty spot 4

पहिलो हाफको तुलनामा दोस्रो हाफमा जापानले बलमा धेरै नियन्त्रण बनाएको थियो । खेलमा ६२ प्रतिशत समय बल जापानको नियन्त्रणमा थियो ।

जापानले प्रहार गरेका १४ सटमा ५ सट पोस्टको दिशामा थिए । यस्तै खेलमा कोलम्बियाले प्रहार गरेका ८ सटमा ३ सट पोस्टको दिशामा थिए । कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । त्यसबेला समूह चरणमा कोलम्बियाले जापानलाई ४(१ ले हराएको थियो ।Colombia v Japan Sanchez sent off for handball in first red card of tournament as rivals take lead from penalty spot 6

समूह चरणको दोस्रो खेलमा आगामी १० गते राति पौने ९ बजे जापानले सेनेगलसँग र पौने १२ बजे कोलम्बियाले पोल्याण्डसँग खेल्नेछ ।
japan2 20180619140618 lc galleryImage Soccer Football World Cup 20180619122426 llupudatf0iafbskfn5w

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७