कोलम्बियामाथि जापानले लियो १-० काे अग्रता, सान्चेजलाई रातो कार्ड
मस्को, ५ असार । एसियाली पाउरहाउस मानिएको जापानले कोलम्बिया विरुद्ध सुरुवाती अग्रता लिएको छ । रसियाको मोर्डो्भिया एरिना रंगशालामा भइरहेको खेलको छैठौं मिनेटमा कोलम्बियाविरूद्ध जापानले अग्रता लिएको हो ।
खेलको पाँचौ मिनेटमा कोलम्बियाका सान्चेज रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि जापानले पाएको पेनाल्टी सदुपयोग गर्दै अग्रता लिए । जापानका लागि काग्वाले गोल गरेका हुन् ।
सान्चेज जारी विश्वकपमा पहिलो रातो कार्ड पाउने खेलाडी भएका छन् । डिबक्स भित्र हेन्ड गरेपछि अम्पायरले खेल सुरु भएको तीन मिनेटमै सान्चेजलाई रेडकार्ड दिएका हुन् ।
लगातार छैटौं पटक विश्वकप खेलिरहेको जापान सन् २००२ को संस्करणमा नकआउट चरण पुगेको थियो। कोलम्बिया गत विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो ।