स्वरा भाष्कर भन्छिन्, ‘मेरो फिल्मले स्त्री यौन इच्छा उजागर गरेको छ’


१० असार २०७५, आईतवार
images cms image 000050655

काठमाडौं, १० असार । फिल्म ‘वीरे दि वेडिङ’ मा बलिउड अभिनेत्री स्वरा भाष्करले दिएको एक दृष्यका कारण उनी ट्रोलको सिकार बनिरहेकी छन् ।images cms image 000050655

फिल्मको एक दृष्यमा स्वरालाई हस्तमैथुन गर्दै गरेको देखाइएको छ । अभिनेत्री स्वराले यो दृष्य आफैमा गलत नभएको प्रतिक्रिया दिएकी छन् । बरु यो फिल्मले आम मानिसलाई स्त्रीका यौन इच्छाका बारेमा कुरा गर्न प्रेरित गरेको उनले दाबी गरेकी छन् । उनको तर्क छ, ‘मानिसहरूले कमसेकम स्त्री यौन इच्छाका बारेमा खुलेर कुरा गर्न थालेका छन्, जुन केही समयअघि वर्जित जस्तै मानिन्थ्यो ।’

समाज र सिनेमा दुवैमा यौन इच्छाबारे कुरा गर्ने चलन छैन । स्वराको पछिल्लो फिल्मले भने यो विषयमा सानोतिनो बहस छेडेको छ । स्वराको यो फिल्मलाई कसैले महिला केन्द्रित फिल्म भनेर तारिफ गरेका छन् भने कसैले यसलाई विल्कुल काल्पनिक फिल्मको संज्ञा दिएका छन् । फिल्मप्रति नकारात्मकहरूको टिप्पणी छ–यो फिल्मको समाजसँग रौं बराबर पनि सम्बन्ध छैन ।

उनले भनेकी छन्, ‘मलाई थाहा थियो यो दृष्यमा म ट्रोल हुन्छु । यो दृष्यले धेरैलाई झट्का लाग्नेवाला नै थियो किनकी हाम्रो समाजमा यौनका बारेमा खुलेर कुरा गर्न लाज लाग्छ । म यस्ता कुरामा उदार सोच राख्छु र राजनीतिक मुद्दामा पनि खुलेर आफ्नो धारणा राख्छु । तर, यो फिल्म हस्तमैथुनको दृष्यमा मात्र सीमित छैन, अरू थुप्रै कुरा छन् यसमा ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७