ह्‍यारी केनको ह्‍याट्रिक, पानामाको पोष्ट इङ्ल्यान्डकाे आधा दर्जन गोल


१० असार २०७५, आईतवार
englend 3

काठमाडौं १० असार: विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह जी को आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डले पनामाविरुद्ध आधा दर्जन गोल गरेको छ। englend 5

पहिलो हाफमा ५(० गोल बनाए र दास्रो हाफमा इङ्ल्यान्डले ९० मिनेट खेल्दा पनामामाथि ६(१ को जित दर्ता गरेको हो । इङ्ल्यान्डका लागि ह्‍यारी केनले ह्‍याट्रिक गरे भने जोन स्टोनले दुई गोल गरे।

सुरुवाती अग्रता दिलाउने क्रममा खेलको आठौँ मिनेटमा जोन स्टोनले हेडमार्फत् गोल गरेका थिए। किएरन ट्रिपिएरले दिएको हाई बललाई स्टोनले हेडमार्फत सीधै जालीको दिशा देखाएका थिए।

२२ औं मिनेटमा क्यानले पेनाल्टी गोल गरे भने ३६ औँ मिनेटमा जेजे लिङ्गाडले उत्कृष्ट गोल गरे। ४० औं मिनेटमा जोन स्टोनले अर्को गोल थपे। पहिलो हाफको थपिएको एक मिनेटमै केनले अर्को गोल गरे। केनको व्यक्तिगत दोस्रो गोलसँगै पहिलो हाफमा इङ्ल्यान्डले ५(०को अग्रता लिएको थियो।englend 4

दोस्रो हाफको ६२ औं मिनेटमा गोल गर्दै केनले ह्‍याट्रिक पूरा गरे। उनले ह्‍याट्रिक पूरा गर्दा इङ्ल्यान्डले ६(० बनाएको थियो। यद्यपी खेलको ७८ औं मिनेटमा पानामाका रिकार्डो गार्डियाले सान्तवना गोल गरे।

खेलमा ६२ प्रतिशत समय बल इंग्ल्याण्डको नियन्त्रणमा थियो । इंग्ल्याण्डले प्रहार गरेका ११ सटमा ७ सट पोस्टको दिशामा थिए । यस्तै पानामाले प्रहार गरेका ६ सटमा दुई सट पोस्टको दिशामा थिए । इंग्ल्याण्डको जितसँगै समूह ‘जी’ बाट इंग्ल्याण्ड र बेल्जियम अघिल्लो चरणमा पुगेका छन् ।

englend 6 englend 1

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७