मैत्रीपूर्ण कर्पोरेट फुटसल सम्पन्न


३१ असार २०७५, आईतवार
Futsal Logo

काठमाडौं,असार ३१: “जित वा हार मित्रवत् व्यवहार” भन्ने मूल नाराका साथ वेलकम एड्भर्टाइजिङ्ले, रसियामा जारी फिफा विश्वकप २०१८ को अवसर पारेर मैत्रीपूर्ण कर्पोरेट फुटसलको आयोजना गरेको छ ।Futsal Logo
विश्वकप फुटबल प्रत्येक ४ बर्षमा संस्सारका विभिन्न देशहरुलाई एकैठाँउमा जुटाएर खेल्ने गरिन्छ । यो खेल अवधीभर संसार भरिनै एउटा पर्वको महसुस हुन्छ । यहि पर्वलाई ध्यानमा राखेर वेलकम एड्भर्टाइजिङले नेपालका कर्पोरेट हाउसहरुलाई एकै मैदानमा जुटाएर मित्रता एवम सदभाव आदानप्रदान गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको होे ।
यस प्रतियोगितामा आयोजक वेलकम एड्भर्टाइजिङ् लगायत, जेसीबि, जगदम्बा स्टिल, सिप्रदी (कमर्सियल भेइकल विजनेश यूनिट) सिप्रदी (प्यासेन्जर भेइकल विजनेश यूनिट) र सिप्रदी म्याक लुब्रीकेन्टको सहभागिता रहेको थियो । उक्त खेल पछि भव्य समारोहका बिच प्रमाण पत्र समेत वितरण गरिएको थियो । समारोहमा वेलकम एड्का अध्यक्ष निर्मल राज पौडेलले यस्ता खेलहरुले कुनैपनि कार्यालयका कर्मचारीहरुमा उत्साह र उमंग बढाउन मद्दत गर्नुका साथै उनिहरुको अत्माबल समेत बढाउने जानकारी दिनुभयो र आगामी दिनहरुमा पनि कर्पोरेट हाउसलाइ ध्यान मा राखेर यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७