फेसबुके प्रेमले सकेनन् छुट्न, २० वर्षे ठिटोसँग भागिन् ५० वर्षीया महिला


६ कार्तिक २०७५, मंगलवार
facebook

काठमाडौं, ६ कात्तिक । अहिले सबैतिर सामाजिक सञ्जालको जगजगी छ । सामाजिक सञ्जालमा के युवा, के वयस्क अनि के प्रौढ सबै जोडिएका छन् ।

facebook

सामाजिक सञ्जालले दैनिक कामकाज र सूचनाको सञ्चार मात्र गराएको छैन, यसले एक अर्काको जोडी बाँध्ने काममा पनि सहयोग पुर्‍याइरहेको छ ।

योसम्म त ठिकै हो तर, फेसबुककै प्रेमका कारण आफ्नो आमा उमेरकी महिलासँग एउटा कलिलो युवकको आशक्ति देखिनु भने अनौठो हो । यस्तै भएको छ, भारत मोदीनगरका एक २० वर्षे युवकलाई पनि ।

भारतको मोदीनगरमा ५० वर्षे महिला २० वर्षे युवकसँग फरार भएको खबर सार्वजनिक भएको छ ।
जानकारीका अनुसार यी दुईको दोस्ती फेसबुकमार्फत भएको थियो ।

महिलाको एक छोराको विवाह समेत भइसकेको बताइएको छ । महिलाका श्रीमानले यसबारे पुलिसलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो । पुलिसले युवकको मोबाइल निगरानीमा राखेको छ ।

नवभारत टाइम्सका अनुसार महिलाका जेठो छोराले उनलाई ६ महिनाअघि मोबाइल दिएका थिए । त्यसपछि महिलाले ह्वाट्सएप र फेसबुक आइडी बनाएर चलाउन थालिन् ।

स्रोतलाई उद्धृत गर्दै नवभारत टाइम्सले लेखेको छ, ‘तीन महिनाअघि महिलाको फेसबुकमा युवकसँग दोस्ती भएको थियो । एक महिनादेखि दुबैजना फोनमा कुराकानी गरिरहेका थिए । सोमबार बिहान महिला फोन घरमा नै छोडेर भागेकी छिन् ।’

महिलाको फोन हेरेपछि यी दुईको प्रेम प्रसंगबारे खुलासा भएको बताइएको छ । युवक बीबीएका छात्र भएको बताइन्छ । पुलिस गजेन्द्रपाल सिंहले यी दुईको खोजी कार्य जारी भएको भारतीय संचार माध्यमलाई जानकारी दिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७