सरकार ढाल्न होइन सजग गराउन मेरो खबरदारी हो : माधव नेपाल

‘भ्रष्ट र अयोग्यलाई होइन इमानदार कार्यकर्तालाई जिम्मेवारी दिनुपर्छ’


६ कार्तिक २०७५, मंगलवार
MK Nepal 1
z’esfdgf cfbfgk|bfg sfo{qmd g]kfn sDo’lgi6 kf6L{ -g]skf_bfªn] d+unaf/ 3f]/fxLdf a8fbz}F, bLkfjnL, g]kfn ;Dat / 57sf] cj;/df cfof]hgf ul/Psf] z’esfdgf cfbfgk|bfg sfo{qmddf ;Daf]wg ub}{ g]skfsf jl/i7 g]tf dfwjs’df/ g]kfn . t:jL/M gf/fo0fL /hf}/], bfª, /f;;


दाङ, ६ कार्तिक :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले सरकार र पार्टीलाई विधिसम्मत चलाउनुपर्ने बताएका छन् । नीति, पद्धति अनुसार इमानदार र योग्य कार्यकर्ताहरुलाई जिम्मेवारी दिएर पार्टीलाई एकताबद्ध गराउन सकेमा मात्रै एकता मजबुत हुने उनको भनाई छ ।

MK Nepal 1
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल । तस्वीरः नारायणी रजौरे, दाङ रासस



नेकपा दाङले घोराहीमा मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता नेपालले भ्रष्ट र अयोग्यलाई पाखा लगाएर इमानदार नेता कार्यकर्तालाई जिम्मेवारी दिन सकेमात्र जनअपेक्षा बमोजिमको भुमिका निर्वाह गर्न सकिने उनले बताए । ‘विश्वमै पहिलोपटक कम्युनिष्टहरुलाई लोकतान्त्रिक प्रक्रियाको माध्यमबाट जनताले यति ठुलो मत दिएका छन् । नेपालमा कम्युनिष्टले गर्ने कामले विश्वलाई नै प्रभाव पार्छ,’ उनले भने ‘गम्भीर भएर विधि बमोजिम सरकार र पार्टी चलाएर जनअपेक्षा पुरागर्नुपर्ने आवश्यक्ता छ ।’

केन्द्रमा नेता बीच विवाद, सरकार ढाल्ने खेल भईरहेको भन्ने कुुरा हल्ला मात्र भएको उनले बताए । उनले अस्थिरता मच्चाउन विभिन्न किसिमले हल्ला चलाउने काम भईरहेको उल्लेख गरे । उनले सरकार वा मन्त्री परिवर्तन नहुने र भएपनि हल्लाको आधारमा नभई अकस्मात् हुने बताए ।

MK Nepal Dang

आँफू विदेशमा रहँदा पनि केहि सञ्चार माध्यमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीका बिरुद्ध आफ्नो अभिव्यक्ति जोडेर समाचार प्रवाह गरेको भन्दै उनले यसको कुनै सत्यता नभएको बताए । ‘म मुलुक बाहिर हुँदा केहि सञ्चार माध्यमले प्रधानमन्त्रीलाई हटाउन प्रचण्ड र माधव नेपाल गोप्य सहमती भएको भनेर छ्याप्छ्याप्ती समाचार बाहिर ल्याए,’उनले भने ‘त्यो सरासर गल्ती हो ।’

सरकारको कामकारवाहीको निगरानी राखेर सरकारलाई सहि बाटोमा लाग्नका लागि सचेत गराउनु पर्ने प्रतिपक्षी कांग्रेस यो भूमिकामा कमजोर रहेको उनको टिप्पणी थियो। उनले भने ‘कांग्रेसले सरकारलाई सजग गराउने भन्दा पनि आफ्नो स्वार्थका बिषयहरुमा मात्रै तात्ने गरेको छ, कांग्रेस जिम्मेबार प्रतिपक्षको भूमिकामा आउन जरुरी छ ।’

वरिष्ठ नेता नेपालले जनअपेक्षा अनुसार सरकारको काम केही ढिलाई हुने स्वीकारे । रेलमार्ग, चाईनासँग खुल्ला नाका, काठमाण्डौमा विद्युतीय गाडी लगायतका देखिने र अन्य कानुन निर्माणका सवालमा धेरै राम्रा काम सरकारले गरेको उनले दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७