बालकको ज्यान लिने चितुवा मार्न ४५ सुरक्षाकर्मी परिचालन, १८ जनाको गईसक्यो ज्यान


१९ कार्तिक २०७५, सोमबार
chituwa

अर्घाखाँची, १९ कात्तिक । नरभक्षी चितुवाको आतंक रोक्नका लागि अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ ढिकुरामा ४५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

chituwa

गए राति चितुवाको आक्रमणबाट अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ ढिकुरामा ४ वर्षीय बालकको ज्यान गएको थियो ।

जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमण नरोकिएपछि चितुवा आतंक मच्चिएको छ । चितुवा मार्न सशस्त्र प्रहरी र नेपाल प्रहरी र वनका सुरक्षकर्मीसहित ४५ जना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएका छन् ।

चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकको घरमा गइ परिवारलाई समवेदना प्रकट गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले स्थानीयको माग अनुसार चितुवा मार्न घटनास्थलबाटै सुरक्षाकर्मी परिचालन गरेका हुन् । नरभक्षी चितुवा मार्न हतियारसहितको विशेष टोली परिचालन भएको हो ।

चितुवाको आक्रमण भएपछि प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी निरीक्षक खिमबहादुर घम, जिल्ला वन कार्यलयका प्रमुख अजयविक्रम मानन्धरसहितको टोली परिचालन भएको हो । नगरपालिकाका नगर प्रमुख रेशम थापा र नगर उपप्रमुख खडानन्द बेल्बासेल पनि चितुवा मार्न तथा नियन्त्रण गर्न स्थानीय सरकार लागि पर्ने बताएका छन् ।

चितुवा आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडालगायतका स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ४ वर्षदेखि चितुवाले दुःख दिँदै आएको छ ।
नरभक्षी चितुवाले पछिल्लो पाँच बर्षमा दुई दर्जन बालबालिकामा आक्रमण गरेको छ । जसका कारण १८ जनाको ज्यान गएको छ । ६ जना घाइते उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७