विघटनको संघारमा नेविसंघ


३० कार्तिक २०७५, शुक्रबार
Nebisangh

काठमाडौं, ३० कात्तिक । माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन अन्योलमा परेको छ ।

Nebisangh

पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्ष संघको नेतृत्व आफ्नो अनुकूल बनाउन सक्रिय रहँदा संघको वैधानिक व्यवस्था मात्र होईन वर्तमान नेतृत्वको थपिएको कार्यकाल सकिन लाग्दा समेत महाधिवेशन अनिश्चित बनेको हो ।

नेविसंघ नेतृत्वको दुईबर्षे कार्यकाल गत भदौ २ गते सकिएपछि विधानबमोजिम तीन महिनाका लागि कार्यकाल थप गरिएको थियो ।

थपिएको कार्यकाल आगामी मंसिर २ बाट अतिरिक्त समय सकिन लाग्दासमेत संघको महाधिवेशन मिति तोकिएको छैन । आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७