नेपालको यूएईमाथि १४५ रनको सानदार जित, रोहितले बनाए विश्व रेकर्ड
काठमाडौं, १२ माघ । युएईमा जारी एकदिवसीय सिरिज क्रिकेट अन्तर्गत नेपाल र युएईबीच दोस्रो खेलमा नेपालले सानदार जित हात पारेको छ । दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा भएको खेलमा यूएईलाई नेपालले १४५ रनले पराजित गरेको हो ।
नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको यूएई १९.३ ओभरमा ९७ रनमा अलआउट भयो । उसका लागि कुनै पनि खेलाडि दोहोरो रन लिन सकेन् । उसका लागि महमद उस्मानले सर्वाधिक २६ रन बनाएका थिए । भने ओपनर असफाक अहमदले २० रन बनाएका थिए ।
नेपालका लागि बलरहरुले उत्कृष्ट बलिङ गरेका थिए । नेपालका सोमपाल कामी एक्लैले पाँच विकेट लिए । उनले सुरूवाती ६ ओभरभित्रै चार विकेट लिए । हरेक ओभरमा विकेट लिएका सोमपालले ५ ओभरमा एक मेडनसहित १३ रन खर्चिएर ४ विकेट हात थिए । उनले व्यक्तिगत पाँचौ विकेट भने १९.३ ओभरमा दशौँ विकेट लिदै नेपाललाई सानदान जित दिलाए ।
यस्तै नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । उनले एकै ओभरमा तीन विकेट लिए । १४.२, १४.३ र १४.६ ओभरम विकेट लिए । उनले सिपि सिजवानलाई १६ रन र फहाड नवाजलाई शुन्यमा आउट गरे । उनले यस ओभरकै छैटौ बलमा पनि आमिर आयातलाई शुन्यमा क्याच आउट गराए । उनले यस ओभरमा मेडनसहित ३ विकेट लिए । भने १८.५ ओभरमा अर्का विकेट लिए । यूएईका महमद उस्मानको विकेट आरिफ शेखलाई क्याच आउट गराए ।
यसैगरी नेपालका करण केसी पनि १ विकेट लिए । उनले १७.४ ओभरमा महमद असफाकलाई आउट गरे ।
एकदिवसिय श्रंखला अन्तर्गत पहिलो खेलमा ११३ रनमै अल आउट भएको नेपालले आज नेपालले सुधारियो ब्याटिङ गरेको छ । नेपालको सुरुवात राम्रो रहृयो । ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । ओपनर ज्ञानेन्द्र मल्लले ४४, अर्को ओपनर विनोद भण्डारी २१ रन बनाए ।
तर, त्यसपछि नेपालले लगातार विकेट गुमायो । दिपेन्द्र सिंह ऐरी १०, पवन सरार्फ ८ रन, कप्तान पारस खड्का २१ रनमा आउट भए ।
कप्तान खड्का पाँचौं विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर मात्र ११० रन थियो । तर, आरिफ शेख र रोहितकुमार पौडेलले पारी सम्हाले । दुबैले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरे । शेख २९ रनमा आउट भए भने रोहितले अर्धशतक पुरा गरे । रोहितले ५८ बलमा ५५ रन बनाए । उनले ७ चौका हाने ।
करण केसीले १० बलमा १८ रन बनाए । सोमपाल कामीले २ रन बनाउँदा सन्दीप लामिछाने १३ र ललित राजवंशी ३ रनमा अटआउट रहे ।
यूएईका इमरान हैदर १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । अमिर हायतले पनि ३ विकेट हात पारे । कप्तान मोहमद नविद, जहुर खान र अस्फाक अहमदले समान १/१ विकेट लिए ।
रोहित पौडेल बने विश्वकै अर्धशतक बनाउने कम उमेरका खेलाडी
नेपाली क्रिकेट खेलाडी रोहित पौडेल एक दिवसीय अन्तर्राष्ट्रियमा सबभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन् । रोहित पौडेल भने आज १६ वर्ष १४६ दिनका भएका छन्।
उनले ५८ बलमा ५५ रन बनाएर ७ चौका प्रहार गर्न सफल भए।
At the age of just 16 years and 146 days, Nepal’s Rohit Paudel today became the youngest man to hit an international half-century, beating the likes of @sachin_rt and @SAfridiOfficial! ?? ?
➡️ https://t.co/lRo5UTfuFd pic.twitter.com/qsqZQDYX5y
— ICC (@ICC) January 26, 2019
सन् १९९६ मा चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले श्रीलंकाविरूद्ध एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै शतक बनाएका थिए। उनी त्यसबेला १६ वर्ष २१७ दिनका थिए।