विश्वकपमा धोनी र रोहित शर्माकाे भूमिका अमूल्य हुने कोहलीको भनाइ
नयाँ दिल्ली, जेठ ३ ।भारतीय क्रिकेट कप्तान विराट कोहलीले पूर्व कप्तान एवम् वर्तमान विकेटकिपर(ब्याट्सम्यान महेन्द्र सिंह धोनी आफ्ना लागि अमूल्य रहेको बताएका छन्। निस्वार्थ भावनाले खेल्ने भएकाले धोनी उनका लागि खास भएको उनको भनाइ थियो।
ुसत्य के हो भने धोनी यो खेल खेल्ने स्मार्ट मान्छे मध्येका एक हुन्। विकेट पछाडी उनी अमूल्य छन्। यसले गर्दा मलाई स्वतन्त्रपूर्वक खेल्न छुट दिन्छ। धोनी जस्तो मान्छे अनुभवको भण्डार होु, टाइम्स अफ ईण्डियालाई दिएको एक अन्तरवार्तामा कोहलीले भने।
ुम उनको बारेमा के भनूँरु उनको मार्गदर्शनमा त मेरो खेल जीवन सुरू भएको हो। मैले जति नजिकबाट उनलाई निक्कै कम मान्छेले देखेको हुनुपर्छ। एउटा कुरा धोनीका लागि सबैभन्दा पहिले आउँछ र त्यो हो टोली। सबैभन्दा महत्वपूर्ण उनीसँग भएको अनुभव हो। उनको अनुभवले हामीसमेत धनी भएका छौुं, विराटले भने।
त्यसैगरी कोहलीले ३० मे बाट सुरू हुने क्रिकेट विश्वकपमा धोनी र उप(कप्तान रोहित शर्माको नेतृत्वकारी भूमिकाले आफूहरू निक्कै आशावादी बनेको बताए।
ुजसरी यी दुई जनाले आइपिएलमा कप्तानको रूपमा जसरी आफ्नो भूमिका निभाए, त्यसले बताउँछ उनीहरूले टोलीलाई केसम्म गर्न सक्छन्। धोनीसँग आफ्नै विशिष्ठ हैसियत छ। यसकारण यी दुबैको नेतृत्वकारी भूमिका हुनु टोलीका लागि राम्रो छु, कोहलीले भने।
कोहलीले रोहित र धोनीको यस महत्वकारण नै टोलीको व्यावस्तापानले यी दुईलाई समावेश गरेर एउटा रणनीतिक समूह बनाएको बताएका छन्।
एजेन्सी