लिड्स युनाइटेडसँग फुलह्याम पराजित
काठमाडौं, ७ चैत । इङलिस प्रिमियर लिगमा गए राति भएको खेलमा लिड्स युनाइटेड विजयी भएको छ । लिड्स युनाइटेडले फुलह्यामलाई २–१ गोल अन्तरले हराएको हो । लिड्सका प्याट्रिक वामफोर्डले खेलको २९ औं र राफिन्हाले ५८ औं मिनेटमा गोल गरे ।
फुलह्यामका जोचिम एन्डरसेनले ३८ औं मिनेटमा एक गोल फर्काए । जितसँगै लिड्स २९ खेलमा ३९ अङ्ककासाथ ११ औं स्थानमा रहेको छ । फुलह्यामको ३० खेलमा २६ अङ्क छ । फुलह्याम अङ्कतालिकाको १८ औं स्थानमा छ । प्रिमियर लिगमा ७१ अङ्कका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । एजेन्सी