लेस्टर सिटीलाई पहिलोपल्ट एफए कप फुटबलको उपाधि, चेल्सी १–० गोलले पराजित
काठमाडौं, २ जेठ । एफए कप फुटबलको उपाधि लेस्टर सिटीले जितेको छ । गए राति बेलायतको वेम्बली रंगशालामा भएको खेलमा चेल्सीलाई १–० गोलले पराजित गर्दै लेस्टरले उपाधि जितेको हो ।
क्लब स्थापना भएको १३७ वर्षको इतिहासमा लेस्टरले पहिलो पटक उपाधि जितेको हो । लेस्टरको जितका लागि युरी टियलमेन्सले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए ।
आठ पटक एफए कपको उपाधि जितिसकेको चेल्सीले नवौं उपाधि जित्न भने असफल भएको हो । चेल्सीले म्यान्चेस्टर सिटी र लेस्टर सिटीले साउथह्याम्प्ट्नलाई हराएर फाइनलमा पुगेका थिए ।