नेपाली क्रिकेट कप्तान पारस अस्ट्रेलियाका कप्तान स्टेभन स्मिथको राजीनामा बारे यसो भन्छन्
काठमाडौं, ११ चैत : दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा अष्ट्रेलियन क्रिकेटर केमरन बेनक्राफ्टले ‘बल टेम्परिङ’ घटनामा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले प्रतिक्रिया दिएका छन् । खड्काले आफ्नो प्रतिक्रिया दिंदै यो निकै दुःखद घटना भएको र विश्वास गर्न नसकिने घटनाको रुपमा रहेको बताएका छन् ।
यस प्रकरणमा अस्ट्रेलियाका कप्तान स्टेभन स्मिथले आफूलाई पहिले नै थाहा भएको बताएका छन् । साथै उनले माफी माग्दै अब यस्तो नहुने बताएका छन् । यो प्रकरण बाहिरीएपछि क्रिकेटरहरुले कडा प्रतिक्रिया दिएका छन् । चर्चित लेग स्पिनर शेन वार्नले खेलको भिडियो हेर्दा निकै निरास भएको बताउँदै कोच र क्याप्टेनले यस विषयमा प्रष्ट पार्नु पर्ने बताएका छन् ।