पारस खड्काको अर्धसतक पुरा


२६ फाल्गुन २०७४, शनिबार
Nepal Cricket ICC World Cricket League Championship37
Nepal Cricket, ICC World Cricket League Championship,Batsman Paras Khadka

काठमाडौं, २६ फागुन । अफगानिस्तान विरुद्ध नेपालका कप्तान पारस खड्काले अर्धसतक पुरा गरेका छन् । जिम्बाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत टस जितेर ब्याटिङ गरेको पारसले अफगानिस्तानविरुद्ध २१ ओभरको ३ बलमा चौका हान्दै अर्धसतक पुरा गरेका हुन् ।

Nepal Cricket ICC World Cricket League Championship37
 

उनले ७ चौका र एक छक्का सहित ५८ बल ५२ रन बनाए । अहिले नेपालले २२ ओभरको समाप्तीमा १ विकेट गुमाएर ८६ रन बनाएको छ । पारसले ५८ रन र उपकप्तान ज्ञानेन्द्र मल्लले १८ रन बनाएर खेलिरहेका छन् । भने ओपनर अनिल शाह ७ रन बनाएर आउट भए । अफगानिस्तान विरुद्धको खेलमा नेपालले २ खेलाडी परिवर्तन गरेको थियो । दिलिपको स्थानमा अनिल आएका हुन् । शरद भेषाकर हामस्ट्रिङको समस्याका कारण मैदान उत्रन नसक्ने भपपछि करण केसीलाई मौका दिइएको छ ।
आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ। अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ। भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कामय राख्न आजको खेल जित्नै पर्ने देखिन्छ।

प्रतियोगितामा नेपालको सुरुवात पनि गतिलो हुन सकेको छैन । सुरुवाती दुई खेल गुमाइसकेको नेपालको सुपर सिक्समा पुग्ने आशा बने बाँकी नै छ। त्यसका लागि नेपालले शनिबार अफगानिस्तान र सोमबार हङकङलाई पराजित गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७