जङ्गल क्रिकेट कर्पोरेट प्रतियोगिताको उपाधि एनआईसी एशिया बैंकलाई


८ चैत्र २०७५, शुक्रबार
WhatsApp Image 2019 03 21 at 7.39.30 PM

काठमाडौं, ८ चैत । चितवनको सौरहामा आयोजित जङ्गल क्रिकेट प्रतियोगिताको उपाधि एनआइसी एशिया बैंकले हात पारेको छ ।

WhatsApp Image 2019 03 21 at 7.39.30 PM

विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवाले सेवाग्राहीको मन जित्न सफल एनआइसी एशिया बैंकले जङ्गल क्रिकेट प्रतियोगिताको प्रस्तुतीले पनि सबैको मन जित्न सफल भएको छ । गत फागुन ३० देखि चैत २ गतेसम्म भएको प्रतियोगितामा सहभागी सबै टिमलाई पाखा लगाउँदै उपाधि हात पार्न सफल भएको हो ।

पालोमा इन्टरनेशनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्ट प्रालिले आयोजना गरेको सो प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता थियो । बैंकले यस अगाडि समेत विभिन्न संघ संस्थाहरुले आयोजना गरेको खेलकुद प्रतियोगिताहरुमा उपाधि हात पारिसकेको छ ।

NIC Asia Bank 0hhdHziWJl

एनआइसी एशिया बैंकले यसअघि KKXI Corporate Cup Indoor Cricket 2018 मा प्रथम, Century Bank Corporate Super Sixes Cricket 2018 मा दोस्रो, The Banker’s Cup 2018 मा दोस्रो तथा NIC ASIA Bank Corporate Indoor Cup 2017 मा दोस्रो हुँदै खेलकुद क्षेत्रमा समेत आफ्नो वर्चस्व स्थापित गर्दै आइरहेको छ ।

आम नागरिकको भरोसाकै कारण एनआइसी एशियाले मुलुकभर २८१ शाखा कार्यालय, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाइमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै मुलुककै सबैभन्दा धेरै शाखा सञ्जाल भएको बैंकमा दरिएको छ ।

करीब १४ लाख ५० हजार सेवाग्राही रहेको एनआइसी एशिया बैंको वित्तीय परिसूचकहरु उत्साहप्रद छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७