पाँच देशका आरोहीले नयाँ रुटबाट ल्होत्से आरोहण गर्ने


१८ चैत्र २०७५, सोमबार
everest Nepal Nepal

काठमाडौं, १८ चैत : सामान्य रुट भन्दा फरक दक्षिणी रुटबाट पाँच देशका आरोहीले ल्होत्से हिमाल (८,५१६ मि) को आरोहण गर्ने भएका छन् ।

नयाँ रुट खोज्दै चुचुरो पुग्ने लक्ष्य सहित कोरियाका प्रख्यात आरोही सुङ त्येक होङको नेतृत्वमा आरोहणदल आधारशिविर तर्फ बाटो लागेको हो । यो हिमाल आरोहण आजसम्म उत्तरी रुटबाट मात्र गरिदै आएको छ ।

Everest

कोरियाका आरोही सुङ त्येक होङले यस अघि पाँचौ पटकसम्म यस रुट हुदै आरोहण प्रयास गरे पनि सफल हुन सकेको छैन । यस बर्ष उनको अन्तिम र छैटौ पटकको अभ्यास हो । एडभेन्चरमा फरक क्षमता र फरक अभ्यास गर्न सक्नु प्रख्यात मानिन्छ ।

यो बर्ष जसरी पनि सफल हुने लक्ष्य राखेर ७ जना आरोही सहित १० जना शेर्पा सहित आधारशिविर तर्फ बाटो लागेको हो । २०१९ ल्होत्से साउथ फेस एक्पीडिसन आरोहणदलबाट कोसोभोकी उटा इव्राहिमी, स्पेनका जर्ज इगोचेएगा, कोलोम्वीयाका गाव्रीइल मोरान्ट, चीनकी जीङ ही, कोरियाका नक जोङसुङ, जीन क्वन ओ रहेका छन् ।

everest Nepal

पाँच देशका आरोहीले एउटै उदेश्य लिएर नयाँ रुट हुदै आरोहण गर्ने यो पहिलो हो । नयाँ रुट निर्माणसँगै पर्वतारोहणमा थप आयाम थपिने नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तविर लामाको भनाई छ ।

नयाँ रुट निर्माण भए नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुग्ने लामाले बताए । विश्वकै चौथो अग्लो शिखर ल्होत्से हिमालको नयाँ रुट बाट आरोहण गरिदा ए ३३०० मिटरको ठाडो भीर र ७५ डिग्री चड्नु पर्ने आरोही संयोजक सुङ त्येक होङले बताए ।

everest Nepal Nepal

यस अघि सन् १९९० ताका पोल्याण्डका विश्व प्रख्यात आरोही जेर्जी कुकुज्काले प्रयास गरे पनि सफल हुन सकेको थिएन । निकै कठिन मानिने यो रुट निर्माणमा सफल हुनेमा आफू ढुक्क रहेको संयोजक होङले बताए । उनले भने, ‘पाँचौ पटकको आरोहण अनुभव छ यो बर्ष सफल हुनेमा ढुक्क छु ।’

दक्ष शेर्पा गाइड १० जना खटाइएकाले आरोहण सफल हुने स्थानीय एजेन्सी ट्रेकिङ क्याम्प नेपालका प्रमुख वाङछु शेर्पाले बताए । आरोहणदललाई फूर्वा ओङग्याल र ङादा शेर्पाले गाइड गर्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७