इ-रिक्सा र अटो सञ्चालन व्यवस्थित गरिंदै


१३ बैशाख २०७६, शुक्रबार
e

वीरगञ्ज, १३ बैशाख । धेरै व्याबसायीले इ–रिक्सा र अटो सञ्चालनमा ल्याउँदा ट्राफिक व्यवस्थापन मुख्य चुनौती बनेको छ । सस्तोमा यात्रा गर्न पाउँदा यात्रुलाई सहज भए पनि ट्राफिक अस्त व्यस्त भएका कारण इ–रिक्सा र अटो सधैं आलोचनामा परिरहेको छ ।

शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालयले इ–रिक्सा, अटो र टेम्पो सञ्चालन व्यवस्थित बनाउनेबारे छलफल गरेको छ । सञ्चालकहरुले व्यवस्थित गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । वीरगञ्जमा इ–रिक्सा, अटो र टेम्पो सञ्चालन गर्ने ६ कम्पनी सञ्चालकले तोकिएको स्थानमा पार्किङ गरी निर्धारित रुटमा मात्रै इ–रिक्सा, अटो र टेम्पो सञ्चालन गर्ने, रुट अनुसारको स्टिकर टाँस्न सहमत भएका छन् ।

यातायात व्यवस्थापन कार्यालय वीरगञ्ज र वीरगञ्ज महानगरपालिकाबीच समन्वयको अभावमा इ–रिक्सा, अटो थप्ने क्रम निरन्तर बढेको थियो । महानगरपालिकाले आवश्यकता भन्दा बढी इ–रिक्सा र अटो नगरक्षेत्रमा सञ्चालनमा आएको भन्दै अनुमति दिन छोडेको भए पनि यातायातले धमाधम रुट परमिट दिइरहेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंह ट्राफिक व्यवस्थित बनाउने प्रयासमा आफू लागि परेको बताउँछन् । ‘एक त सवारी चापको तुलनामा सडक साँघुरो छ, ठाउँ ठाउँमा पसल, व्यवसाय सञ्चालन गरेर सडक अतिक्रमण पनि भएका छन् । जथाभावी सवारी पार्किङको समस्या उस्तै छ’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७