आज यस्तो छ विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


१७ बैशाख २०७६, मंगलवार
money

काठमाडौं, १७ बैसाख । मंगलबार अमेरिकी डलरसहित, रियाल र दिर्हामको भाउ स्थिर छ भने अरु विदेशी मुद्राको भाउ थोरैले घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको खरिददर सोमबारजस्तै १११ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा कायम छ ।

कतारी रियाल १ को खरिददर पनि सोमबार जस्तै ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८५ पैसा तोकिएको छ । यूएई दिर्हामको भाउ पनि घटबढ भएको छैन । सोमबार जस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा छ ।

मंगलबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १७ पैसा छ । यस्तै कुवेती दिनारको १ को खरिददर ३६६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २९७ रुपैयाँ ९८ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७