सलमानले प्रियंकाको सट्टा यस कारण रोजे कट्रिना


२२ बैशाख २०७६, आईतवार
aaaaaaaaa 1

काठमाडौं, २२ बैशाख । यस वर्षको प्रतिक्षित बलिउड चलचित्र हो, ‘भारत’ । नायक सलमान खान र नायिका कट्रिना कैफ स्टार उक्त चलचित्रलाई धेरै दर्शकले प्रतिक्षा गरिरहेका छन् । ट्रेलर र गीतमा आएको प्रतिक्रियाबाट पनि दर्शकले यो चलचित्रलाई प्रतिक्षा गरिरहेको थाहा पाउन सकिन्छ ।

‘भारत’ को विषयमा एक नयाँ खुलासा भएको छ । यो चलचित्रमा नायिका प्रियंका चोपडा अनुबन्धित थिइन् । तर, पछि उनले समय दिइनन् । प्रियंकाले चलचित्र नगर्ने भएपछि कट्रिनालाई चलचित्रमा भित्र्याइएको थियो । नायक सलमानले नै यो कुराको खुलासा गरेका हुन् ।

एक बलिउड मिडियामा अन्तरवार्ता दिने क्रममा कट्रिनालाई यो चलचित्रका लागि गरेको मिहिनेतको बिषयमा प्रश्न गरिएको थियो । ‘हामीले प्रियंका चोपडालाई चलचित्रमा लिएका थियौँ । तर, सुटिङको एक महिना अगाडि आएर उहाँले चलचित्र नगर्ने भन्नुभयो । त्यसपछि कट्रिनालाई लिएका हौँ । कट्रिनाले धेरै समय दिएर मिहिनेत गर्न पाएकी छैनन् ।’

छोटो समयमा नै कट्रिनाले आफूलाई चलचित्रको पात्रलाई न्याय दिन सक्ने बनाएको सलमानले बताए । उनले भने–‘कट्रिनाको काम राम्रो भएको छ ।’ अलीअब्बास जफर निर्देिर्शत यो चलचित्र इदको अवसर पारेर रिलिज हँुदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७