कामसम्बन्धी तनाव भोग्नेमा शिक्षक सबैभन्दा अगाडि


२ असार २०७६, सोमबार
teacher

काठमाडौं, २ असार । एउटाले अर्कोको काम राम्रो देख्ने चलन सबैतिरको हो । अनि मेरो त काम राम्रो छैन, तपाईको जस्तो भए पो’ भनेर समेत हामी कहिलेकाँही कुराकानी गर्छौ । वास्तवमा काम राम्रो र नराम्रो भन्ने हुँदैन भन्ने पनि गरिन्छ ।

उसो त काम राम्रो र नराम्रो लाग्नुमा यसलाई कुन–कुन पक्षबाट विश्लेषण गरिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । तर कामसम्बन्धी तनाव भोग्ने मामिलामा शिक्षकहरु सबैभन्दा अगाडि रहेको एउटा अध्ययनले देखाएको छ ।

पाँचमध्ये एक जना शिक्षक आफ्नो कामको कारण तनावमा हुने गरेको उक्त अध्ययनले देखाएको छ । ‘नेशनल फाउण्डेसन फर एडुकेसनल रिसर्च’ का अनुसार सामान्य पेसाकर्मीमा यो दर आठमा एक जना छ ।

एकातर्फ विद्यार्थीको संख्या बढ्ने अर्कोतर्फ शिक्षकले करियरको शुरुमै पेसा छाड्ने गर्दा विज्ञले भावी दिनमा प्रयाप्त शिक्षक नहुने पो हो कि भनेर आशंका व्यक्त गरेका छन् । रिपोर्टले मुख्यत ब्रिटेनका विद्यायलमा अध्ययन गरेको थियो । त्यहाँ समेत बाहिर अध्ययन गर्न गएका शिक्षक, अध्ययनपछि पेसामा नफर्किने गरेको देखाएको छ ।

हप्ताको थोरै समय सघन रुपमा काम गर्दा काम र जीवनको सन्तुलन कमजोर हुने देखिएको छ । पाँचमध्य दुई (४१ प्रतिशत) शिक्षक पर्याप्त फुर्सद नभएकोमा असन्तुष्ट थिए । अन्य पेसामा यो दर ३२ प्रतिशत देखिएको थियो ।

अध्ययनका क्रममा शिक्षकलाई पर्ने कार्यभारमा कमी ल्याउँदा, तिनले कमै पेसा छाडेको देखियो । रिपोर्टका सह–लेखक ज्याक वर्थ भन्छन्,‘ बेलायतका विद्यालय प्रयाप्त संख्यामा मानिसलाई शिक्षणमा तान्ने र कामय राख्ने कुरामा ठूलो चुनौती भोगिरहेको छ ।’

‘शिक्षकलाई हुर्कने अवसर दिनु, सघाउनु र महत्व दिंदा शिक्षण पेसा मानिसको छनौटको आकर्षणमा पर्छ’, ज्याकले भने । ‘यसो गर्नको लागि शिक्षकको काम गर्ने वातावरणमा प्रष्ट सुधार हुनुपर्छ ।

यसमा शिक्षकको करिअर बढी नियन्त्रण गर्न सकिने वा दीगो बनाउन ध्यान केन्द्रीत हुनुपर्छ ,’ ज्याकले अगाडि चेतावनीपूर्ण भाषामा भने, ‘तत्काल कदम नउठाउने हो भने शिक्षकको पूर्ति गर्न झन् झन् चुनौतिपूर्ण हुँदै जान्छ ।’

नेशनल एजुकेसन युनियनका महासचिव म्यारी बोस्टेडले भने ,‘ यति धेरैले काम थालेको केहीपछि नै पेसा छाड्नुको कारण अब रहस्य रहेन । असम्भव कार्यभार, असीमित जिम्मेबारी र जाँच सस्कृति एकातर्फ असह्य भइरहेको हुन्छ त्यसमाथि वर्षौंदेखि नबढेको तलबले गर्दा शिक्षण पेसामा मानिस लामो समय टिकाउन सकिएको छैन ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७