नेकपा केन्द्रीय सदस्यको कार्य विभाजन शुक्रबार टुङ्ग्याइने


४ असार २०७६, बुधबार
kepi oli prachanda

काठमाडौं, ४ असार । पछिल्लो समय संवादहिन अवस्थामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा छलफल गरेका छन् ।

झण्डै तीन घण्टा चलेको वैठकले आपसी दूरी मात्र घटाएको छैन पार्टी एकीकरणका बाँकी काम र समयसामयिक राजनीतिक घटनाक्रमहरुका बारेमा समेत छलफल भएको छ ।

दुई अध्यक्षको छलफलपछि नेकपाले शुक्रबार सचिवालय बैठक बोलाएको छ । बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएपछि शुक्रबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको हो ।

‘शुक्रबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक डाकिएको छ’, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अब सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंग्याउन सक्छ ।’ श्रेष्ठका अनुसार सचिवालय बैठकमा पोलिटव्यूरो गठन, बाँकी रहेको पार्टी एकता प्रक्रियाबारेमा छलफल हुनेछ ।

त्यस्तै नेकपा राजनीतिक प्रतिवेदन अझै छापिन सकेको छैन् । शुक्रबारको बैठकले राजनीतिक प्रतिवेदन पनि टुंगिन सक्ने श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७