गायिका मिलन नेवारको ‘सातै रङ्गी’ कविता नेपाली छमछमी नाच्दै


११ असार २०७६, बुधबार
kabita nepali

काठमाडौ, ११ असार । गायिका मिलन नेवारको स्वरमा सजिएको ‘सातै रङ्गी’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार ममता राई ‘यात्री’को शब्द रचनामा रहेको ‘सातै रङ्गी’ बोलको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको हो ।

नचाउने खालको गितमा बुगि बुगि विनर कविता नेपाली सङ्गै शम्भुराज राईको डेब्यु रहेको छ । साथमा मनिश लिम्बू, सिम्रन पुन, नुमा राई, केहरसिंह लिम्बू, नेहरा तामाङ, निरुशा राई र करुणा राईको बेजोड अभिनय रहेको छ । भिडियोको निर्माण शान्तिराज राई रहेका छन ।KABITA NEPALI SHAMBHURAJ RAI MANIS LIMBU SIMRAN PUN

वेल डान्सका मेघना मगरको कोरियोग्राफी सङ्गै म्युजिक भिडियोमा तारा देवी इन्टर नेसनल युनिसेक्स ब्युटी सलुनकी संचालिका ब्युटिसियन नाजु निनोहोङ्गछा राईको शृंगार रहेको छ ।

गीतको म्युजिक भिडियोलाई ओम प्रसाईंले छायांकन र अनिल कुमार महर्जनले सम्पादन गरेका छन् भने, सुहाङ लिम्बुको सह निर्देशन र ईन्द्र जिजीबिषाले निर्देशन गरेका हुन् । सार्वजनिक गीतमा पावल चाम्लिङको संगीतरएरेन्ज रहेको छ ।

गीतकार ममता राई विगत केहि बर्ष अगाडि देखि अमेरिकामा बसेर निरन्तर नेपाली गीत-संगीत र समाजसेवामा सक्रिय रहदै आएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७