राई विद्यार्थी ताहाचलद्धारा विद्यार्थीको सिर्जना संकलित स्मारिका ‘दर्पन’ सार्वजनिक


१४ असार २०७६, शनिबार
kirat rai student union tahachal 1 1

काठमाडौँ, १४ असार ।  किरात राई विद्यार्थी सङ्घ महेन्द्र रत्न क्याम्पस ताहाचलले विद्यार्थीको साहित्यिक सिर्जनाहरू संकलित स्मारिका ‘दर्पण’को विमोचन गरेको छ । सङ्घले शनिवार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरेको हो । 

पुस्तकलाई सङ्घको केन्द्रीय महासचिव रविन राई, केन्द्रीय सचिवालय सदस्य शुभ माङसुङ राई, केन्द्रीय सदस्य रमेश राई, कार्यसमिति अध्यक्ष सर्मिला राईले संयुक्त रूपमा सार्वजनिक गरे । पुस्तकमा क्याम्पसमा अध्ययनरत राई विद्यार्थीहरूसँगै गैर राई विद्यार्थी लेख रचनाहरू रहेको छ । ताहाचल इकाई कार्यसमिति यसरी पुस्तक पहिलो पटक प्रकाशित गरेको हो । kirat rai student union tahachal 1 2

यस्तै उनले किरात राई विद्यार्थी अधिकारका प्राप्तिको आन्दोलनसँगै अधिकार सुनिश्चताको आन्दोलनमा रहेको बताए ।  उनले भने, ‘राई विद्यार्थी आफ्ना भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षणमा गर्दे शैक्षिक तथा राजनीतिक अधिकारको निम्ति निरन्तर संर्घष गर्दे आहेको छ । हामी हाम्रो अधिकारी सुनिश्चितका लागि पछिल्लो समय लोकसेवा आयोगले गरेको असमावेशी विज्ञापन विरुद्धमा छौँ ।’

उनले कार्यक्रममा केन्द्रीय महासचिव राईले राई विद्यार्थीहरू हरेक क्षेत्रमा सृजनशील, जुझारु रहेको सन्देश दिएको बताउँदै सङ्घको आबद्ध भएर काम गर्दाका अनुभवले विश्वविद्यालय शिक्षापछि कर्म क्षेत्रका काम गर्न सहज हुने बताए ।

यस्तै राज्यद्धारा वेपता पारिएका संघका संस्थापक अध्यक्ष तथा ताहाचलको पूर्व स्वावियु सभापति नविन कुमार राईको अवस्था सार्वजनिक गर्न माग गरे । भने कोरियामा असामयिक निधन भएको कार्यसमितीको पूर्व सदस्य नविन राईको स्मरण गरे ।

यसैगरी कार्यक्रम सचिवालय सदस्य शुभ माङसुङ राईले संविधानको समावेशी सिद्धान्त विपरीत रहेको लोकसेवाको विज्ञापनलाई  संविधान मर्म र भावना अनुसार आदिवासी जनजाति, महिला, दलित, मधेसी, अपाङ्ग, पिछडिएको क्षेत्र लगायतलाई आरक्षणको व्यवस्था गरी पुन तत्काल विज्ञापन गर्न माग गरे । 

कार्यक्रमका सभापति शर्मिला राईले पहिलो पल्ट प्रकाशन गर्दा निकै मेहनत गर्नु परेको बताइन् । कार्यक्रम उनले यस पुस्तकलाई आगामी दिनमा पनि विद्यार्थीहरूको सिर्जनालाई समेट्दै निरन्तर प्रकाशित गर्ने बताइन् ।  

कार्यक्रममा सङ्घका परिषद् सदस्य युजु खालिङ, पाण्डव राई  इलाका कार्यसमितिहरूबाट जुन किरी, सर्मिला राई, ताहाचल अखिल क्रान्तिकारी कोषाध्यक्ष प्रकाश न्यौपानेसँगै राई विद्यर्थाीहरुको उपस्थिति रहेको थियो । भने कार्यक्रम सञ्चालन सचिव उद्धव राईले सञ्चालन गरेका थिए ।   

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७