पूर्वराजाको पुस्तक ‘सन्देश’ बजारमा, हिमानीद्वारा विमोचन


१९ श्रावण २०७६, आईतवार
Gyanendra

काठमाडौं, १९ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा लिखित पुस्तक बजारमा आएको छ ।
हिमानी ट्रष्टले आज (आइतबार) एक पत्रकार सम्मेलन आयोजना गर्दै ट्रष्टकी अध्यक्ष हिमानी शाहले पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक ‘सन्देश’ विमोचन गरेकी छन् ।

बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा हिमानीले ससुरा (पूर्वराजा ज्ञानेन्द्र) ले लेखेको पुस्तक ‘सन्देश सङ्ग्रह’ सार्वजनिक गरेकी हुन् । पुस्तक सार्वजनिक गर्दै हिमानीले पूर्वराजा ज्ञानेन्द्रको सन्देश पढेर सुनाएकी थिइन् ।

ज्ञानेन्द्र हिमानी ट्रष्टका संरक्षक हुन् । हिमानी ट्रष्टले सामाजिक काम गर्दै आएको छ । पुस्तक बिक्रीबाट प्राप्त रकम सामाजिक कार्यमा खर्च गरिने ट्रष्टकी अध्यक्ष हिमानीले जानकारी गराएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७