संविधानको धारा ३७० सँग जाेडेर मोदीबारे टिप्पणी गरेकी राखीकाे ट्वीटर अकाउन्ट बन्द


२६ श्रावण २०७६, आईतवार
rakhi 3

काठमाडौं, २६ साउन । रिपब्लिकन पार्टी अफ इण्डिया (ए) को महिला विभागकी अध्यक्ष तथा बलिउड अभिनेत्री राखी सावन्त संविधानको धारा ३७० को खारेजको सन्दर्भमा दिएको बयानका कारण विवादमा तानिएकी छिन् ।

उनले जम्मू–कश्मिरको सम्बन्धमा मोदीलाई धन्यवाद दिंदै बनाएको भिडियोले सामाजिक सञ्जाल भाइरल भइरहेको छ । उनले भनेकी छिन्, ‘मोदीजी धन्यवाद ! हाम्रो कानुन त्यहाँ लागू भएको छ । कश्मिर हाम्रो भएको छ । मलाई तपाईंप्रति गर्व छ । तपाईं एकदमै महान् हुनुहुन्छ ।’

1 7

उनले भिडियोमा नारा लगाउँदै भनेकी छिन्, ‘हाम्रा नेता कस्ता छन्, हाम्रा प्रधानमन्त्री कस्ता छन्, मोदीजी जस्ता छन्’ । उनले अगाडि भनेकी छिन्, ‘मोदीजी, तपाईं करोडौं वर्षसम्म बाँचिरहनुहोस् । हामी सबै तपाईंकै सन्तान हौं ।’

भिडियो बनाउँदै राखीले भनेकी छिन्, ‘म आफ्ना निर्देशक तथा प्रोड्युसरलाई धन्यवाद भन्न चाहन्छु । जसले मलाई धारा ३७० फिल्ममा लिएका छन् । फिल्मको सुटिङ कस्मिरमा, कुल्लुमा भइरहेको छ ।’

यद्यपि, भिडियो बनाउँदै गर्दा राखीले कुल्लु कशिमरमा नभई हिमाञ्चल प्रदेशमा पर्ने कुरा बिर्सिएकी छिन् । राखीले उक्त भिडियो कारमा सुटिङ गरेकी थिइन् । ट्वीटरले नियम तोडेको कारण उनको भिडियो सस्पेन्ड गरिदिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७