सांसदले आफ्नै कम्पनीको ठेक्का शिलान्यास गरे


४ पुष २०७४, मंगलवार
Capture 17

वीरगन्ज: प्रतिनिधिसभाका नवनिर्वाचित एक सांसदले आफ्नै कम्पनीले ठेक्का पाएको सडकखण्डको शिलान्यास गरेका छन्।Capture 17

पर्सा ३ का सांसद हरिनारायण रौनियार पप्पु कन्स्ट्रक्सनका सञ्चालक हुन्, जुन कम्पनी ढिलासुस्ती र गुणस्तरहीनताका कारण विभिन्न परियोजनामा ‘कालो सूची’ मा पर्दै आएको छ। त्यहि कम्पनीले ठेक्का पाएको हुलाकी राजमार्गअन्तर्गत वीरगन्ज–ठोरी ३० किलोमिटर खण्ड स्तरोन्नति गरी कालोपत्रे गर्ने योजनाको सोमबार स्वयं रौनियारले शिलान्यास गरेका छ ।

साख गुमाउँदै गएको ‘क’ वर्गको निर्माण कम्पनी पप्पुले पर्सामा मात्र करिब आधा दर्जन ठेक्का पाएको छ। हालसम्म अधिकांश ठेक्काको निर्माण कार्य निर्धारित मितिभन्दा पछाडि परेको छ। शिलान्यासँगै तीजस्तै हुलाकी राजमार्ग पनि अलपत्र पर्ने हो कि भन्ने स्थानीयवासीमा चिन्ता बढेको छ।

एक अर्ब ३२ करोड ४७ लाख रुपैयाँ लागतमा उक्त सडक ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। गत १७ नोभेम्बरमा ठेक्का सम्झौता भएको उक्त खण्डको निर्माण कार्य १७ मे २०२० सम्ममा पूरा गर्ने सडक विभागले जनाएको छ।

शिलान्यास कार्यक्रममा सांसद एवं ठेकेदार रौनियारले अब जिल्लामा धेरै योजना आउने दाबी गरे। ‘पहिले म ठेकेदार मात्र थिएँ, अब टेबुल ठटाउने ठाउँमा पुगेको छु,’ उनले भने, ‘निर्माण कार्यमा आउने विभिन्न वाधासँग अवगत पनि छु, अब विकास हुनेछ।’ जिल्लावासीको जीवनस्तर उकास्ने कार्यमा लाग्ने उनले दाबी गरे ।

सँगै शिलान्यास गर्न पुगेका पर्सा १ का सांसद प्रदीप यादवले २८ वर्षदेखि कांग्रेस र एमालेले मधेसलाई खेलौनाका रूपमा मात्र लिएकाले विकास हुन नसकेको आरोप लगाए। योद समचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७