पत्रकार पुडासैनीले डोरी किनेको पसल भेटियो, यस्तो देखियो सिसीटीभी फुटेजमा


२ भाद्र २०७६, सोमबार
salikram

चितवन, २ भदौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको दुई सातापछि आत्महत्याअघि डोरी किनेको पसल फेला परेको छ ।

घटना अनुसन्धानका क्रममा नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको पाइएको चितवन प्रहरीले जनाएको छ ।

होलसेल पसल नजिकै रहेको एक पसलको सीसीटीभी फुटेज हेर्दा पुडासैनीले ५ मिटर डोरी किनेर लगेको देखिएको छ । सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले आइतबार साँझ हार्डडिस्क लगेर प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । पुडासैनीको मृत्युका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

पुडासैनी मृत्यु प्रकरणमा तानिएका न्यूज २४ का प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि अनुसन्धान चलिरहेको छ । आत्महत्याअघि पत्रकार पुडासैनीले लामिछानेसहित तीन जनाका कारण आफू आत्महत्या गर्न वाध्य भएको भन्दै भिडियो खिचेका कारण उनीहरु यस घटनामा तानिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७