श्रीमती र दुई वर्षे छोरालाई तेल छर्केर आगो लगाएको आरोपमा पक्राउ

धादिङ, ३ भदाैं । श्रीमती र दुई वर्षे छोरालाई तेल छर्केर आगो लगाएको आरोपमा धादिङका एक व्यक्ति पक्राउ परेका छन् ।
२५ वर्षीया श्रीमती बिमला लम्साल र २ वर्षीय छोरालाई तारपिनको तेल छर्की आगो लगाएको आरोपमा सिद्धलेख गाउँपालिका–१ धारापानी बस्ने जिवेश लम्साललाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
घरायसी झगडाको कारण जिवेशले श्रीमती र छोरालाई तारपिनको तेल छर्की आगो लगाएको अभियोगमा लम्साललाई प्रहरी चौकी नलाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
घाइते दुवै जनाको जिल्ला अस्पताल धादिङवेशीमा उपचार भइरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।