कहाँ हराए बागेश्वरीका त्यत्रा गरगहना ?


५ भाद्र २०७६, बिहीबार
temple

नेपालगञ्ज, ५ भदौं । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा भक्तजनले विभिन्न समयमा चढाएका बहुमूल्य गरगहनाहरु हराएका छन् । लाखौं मूल्यका गरगहना कसरी हराए भन्ने बारे बागेश्वरी गुठी बेखबर छ ।

बागेश्वरीमा सतीदेवीको जिब्रो पदन भएको जनविश्वास छ । त्यसले भेटिमा सुनका नथीया, पाउजु, छाता, शिववर्तीको सुनचाँदीको मूर्ति, बाघ र गरुडलगायतका मूर्ति चढाउने चलन छ ।

विसं २०२९ मंसिर ४ मा मन्दिरकातर्फबाट भुवनेश्वर नामका व्यक्तिले लिखत अभिलेख तयार गरी तत्कालिन मालपोत कार्यालय प्रमुखलाई बुझाएको गरगहना र हाल तिजोरीमा भेटिएका गहनाबीच अन्तर पाइएपछि गहना हराएको खुलेको हो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७