स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत


३० भाद्र २०७६, सोमबार

काठमाडौं, ३० भदौ ।
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा सम्पन्न ‘दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइज’ मा नेपाललाई स्वर्ण पदक दिलाएका प्रिन्स दाहाल सोमबार स्वदेश फर्केका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष लवभक्त श्रेष्ठ, सचिव नविनविक्रम शाह, सदस्य दीपक थापालगयातले प्रिन्स तथा उनका प्रशिक्षक कमलेश निरौलालाई स्वागत गरेका थिए ।

दुबईमा आइतबार सम्पन्न फाइनल खेलमा प्रिन्सले विश्वको नवौँ बरियताका खेलाडी भारतका वरुण कपुरलाई २–० सोझो सेटमा पराजित गरी नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उनले वरुणलाई कपुरलाई २१–१९ र २१–१९ अङ्कले हराएका थिए ।

प्रिन्सले उक्त प्रतियोगितामा यु–१९ मिक्स डबल्स र यु–१९ ब्वाइज डबल्समा समेत नेपाललाई रजत पदक दिलाएका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७