खजुरी घटना : वडाध्यक्षविरुद्ध किटानी जाहेरी दर्ता, कांग्रेसले संसदमा अवरोध नगर्ने


३० भाद्र २०७६, सोमबार
samsad bhawan 1 GYtZbbFHXW

काठमाडौं, ३० भदौं । बाँकेको खुजुरीमा कांग्रेस सभापति किरण कोइरालामाथि आक्रमण गरेको भन्दै खजुरी गाउँपालिका–१ का वडाध्यक्ष सुमन मल्लालगायत विरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

कांग्रेस सभापति कोइरालामाथि आक्रमण गरेको आरोपमा मल्ललगायतविरुद्ध किटानी जाहेरी दर्ता भएपछि नेपाली कांग्रेसले आज (सोमबार) को संसद वैठकमा अवरोध नगर्ने भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

उनका अनुसार आइतबार साझ बाँके प्रहरीले वडाध्यक्षलगायत विरुद्ध दिएको किटानरी जारी दर्ता गरेकोले आजको संसद बैठक काँग्रेसले अवरोध नगर्ने भएको हो । आइतबार काँग्रेसले घटनाका दोषीमाथि तत्काल कारबाहीको माग गर्दै प्रतिनिधि र राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको थियो ।

कांग्रेसले अवरोध जारी राखेपछि सभामुख कृष्णबहादुर महराले सोमबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

कांग्रेस सांसदहरुले सरकारमाथि तथ्यलाई तोडमोड गरेर अपराधीलाई छुट दिन किटानी जाहेरी दिएका व्यक्ति पक्राउ नगर्ने षडयन्त्र गरेको आरोप लगाएका थिए । गत बिहीबार कांग्रेसको दोस्रो चरणको जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा आयोजित कार्यक्रममा जिल्ला सभापति कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता आक्रमण भएको थियो ।

जसमा जिल्ला सभापति कोइरालाको हात भाँच्चिएको थियो भने अन्य केही सामान्य घाइते भएका थिए । कार्यक्रम विथोल्न सत्तारुढ दल नेकपाका स्थानीय नेता तथा कार्यकर्ता प्रवेश गरी आक्रमण गरेको कांग्रेसले आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७