नेकपा सचिवालय वैठक बस्दै, यी हुने एजेण्डा


४ आश्विन २०७६, शनिबार
NCP Meeting baluwatar 20190218062305

काठमाडौं, ४ असोज । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (शनिबार) सचिवालय बैठक बस्दैछ ।

पार्टी एकता प्रक्रियाका बाँकी कामलगायत विविधि विषयमा छलफल गर्न नेकपा सचिवालयको बैठक आज दिउँसो बालुवाटारमा बस्ने भएको हो । बैठक दिउँसो ३ बजे बस्ने तय भएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन् ।

गत बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता र अर्का अध्यक्ष प्रचण्डको अस्वस्थताका कारण स्थगित भएको थियो ।

बैठकमा प्रदेश २ को नेकपा देखिएको विवादबारे पनि छलफल हुने नेकपा स्रोतले जानकारी दिएको छ । पार्टीको लेखा आयोग, प्रवास कमिटी, अनुशासन आयोगलगायतका विभिन्न संगठनको समायोजन तथा कार्यविभाजन टुंगो लगाउन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७