नेयमारको निर्णायक गोलमा पीएसजीको जित


६ आश्विन २०७६, सोमबार
psg 1

काठमाडौं, ६ असोज । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा जित हात पारेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई १–० गोलको कठिन जित निकालेको हो । पीएसजीको जितमा नेयमारले गोल गरे ।

पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो । बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयतिर नेयमारले उत्कृष्ट गोल गर्दै पीएसजीलाई महत्वपुर्ण ३ अंक दिलाएको हो । खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । खेलको चौथो मिनेटमा नै नेयमारको क्रसमा एन्जल डि मारियाले गोलको सुन्दर मौका खेर फालेको थियो ।

१२औं मिनेटमा डि मारियाले काउन्टर एट्याकमा गरेको प्रहार लियोनका गोलरक्षक एन्थोनी लोपेसले मुस्किलले बचाउदा पीएसजी अग्रता लिनबाट चुकेको थियो । २१औं मिनेटमा लियोनक मोउसा डेम्वेलेले मौका पाएपनि सदुपयोग गर्न सकेन ।psg1

लगत्तै लोपेसले डि मारियाको अर्को प्रहारलाई विफल पारिदिए । ४१औं मिनेटमा नेयमारको फ्रिकिलाई लोपेसले सुन्दर तरिकाले बचाए । युसुफ कोनेको क्रसमा हुसेन औरले सुन्दर मौका खेर फाल्दा लियोन अग्रता लिनबाट चुकेको थियो । ५९औं मिनेटमा नेयमारको कर्नरमा डिफेन्डर अब्दु डियालोको पावरफुल हेडर क्रसबारमा लाग्दै बाहिरिएको थियो ।

लगातार पोस्ट आक्रमण बुनिरहेको पीएसजीका लागि नेयमारले ८७औं मिनेटमा गोलको खडेरी तोडे । डि मारियाको पासमा नेयमारले बक्सभित्र चार डिफेन्डरबीचबाट पहिलो बारमा च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । इन्ज्युरी समयमा युसुफ कोनेले गोलको प्रयास गरेपनि पीएसजी १–० ले विजयी हुन सफल भयो ।

लिगको शीर्ष स्थानमा रहेको पीएसजीको ६ खेलबाट १५ अंक रहेको छ । पराजित लियोनको भने समान खेलबाट आठ अंक मात्रै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७