२०७६ असोज ८ गते बुधबारको तपाईको राशिफल


८ आश्विन २०७६, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । पढाइमा बाधा आउने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिने छ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनु होला । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । धार्मिक तथा समाज सेवामा मन लाग्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्नेछ । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । श्रमअनुसार फाइदा कमै होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिने छ । आँटेको र ताकेको कार्य पूरा होला । शुभकार्यको चर्चा चल्ने छ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धनको क्षेत्र सबल रहने छ । व्यापार व्यवसायबाट पनि उन्नति हुनेछ । राज्यबाट मान सम्मान पाइने छ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले फाइदा नै पुर्‍याउने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज पूजा पाठमा मन जानेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घर परिवारमा रमाइलो वातावरण छाउने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइने छ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइने छ । वित्तीय संस्थाबाट सहयोग पाइने छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नु पर्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । काम पुनः शुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
भाग्यले विभिन्न अवसर जुराउने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । नयाँ काम शुरु गर्ने समय छ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७