जापानी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहीत, नलसिंहगाढमा लगानी गर्न जाइका तयार


९ आश्विन २०७६, बिहीबार
Japan urjamantri1 1

जापान, ९ असार । नलसिंहगाढ जलविद्युत आयोजना निर्माण गर्न जाइका तयार भएको छ । चारदिने जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बिहीबार जापानी लगानीकर्ताहरूसँग भएको अन्तरक्रियामा जापान सरकार मातहतको विकास नियोग जाइकाले जाजरकोटमा निर्माणाधीन ४१७ मेगावाटको नलसिंहगाढ जलविद्युत अयोजना बनाउने बताएको हो ।

जाइकाको केन्द्रीय कार्यालयमा भएको छलफल र लगानीकर्ताहरूसँगको अन्तरक्रियामा जाइकाका अधिकारीहरूले सो परियोजनामा थप लगानी गर्न जापान सरकार तयार रहेको बताएका हुन् ।

नलसिंङगाड परियोजना पिपिपी मोडलमा बनाउने गरी हाल जापानले अध्ययन गरिरहेको छ । तुलनात्मक रूपमा सबैभन्दा कम विद्युतीकरण भएको कर्णालीको जाजरकोटमा बन्ने ४ सय १७ मेगावाटको नलसिंहगाढ जलविद्युत आयोजनाले सो क्षेत्रको विद्युतीकरणमा ठूलो टेवा पुर्याउने ऊर्जामन्त्री पुनको विश्वास छ ।

सरकारले लिएको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्षमा समेत नलसिंगाढ जलविद्युत आयोजना महत्वपूर्ण हुने भएकाले सरकारले सो परियोजना बनाउन जोड गरेको हो ।

 

जापानी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहीत

चारदिने जापान भ्रमणमा रहेका मन्त्री पुनले बिहीबार जापानी लगानीकर्ताहरूसँग अन्तरक्रिया गरेका छन् । जापानी सहयोग नियोग जाइकाको समन्वयमा भएको अन्तरक्रियामा जलविद्युत् उत्पादन तथा प्रसारणसँग सम्बन्धित विभिन्न २५ कम्पनीका एक सयभन्दा धेरै लगानीकर्ता सहभागी थिए ।

अन्तरक्रियामा नेपालका तर्फबाट मन्त्री पुनसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सहसचिव तोयानाथ अधिकारीले जापानी लगानीकर्तालाई नेपालको अवस्थाबारे जानकारी गराएका थिए ।

अन्तरक्रियामा बोल्दै मन्त्री पुनले नेपालमा वैदेशिक तथा स्वदेशी लगानीका लागि अहिले उत्तम वातावरण रहेको जानकारी गराए । अन्तरक्रियापछि मन्त्री पुनले भने, ‘हामीले लगानीका लागि अहिले राजनीतिक स्थिरता, सुरक्षाको ग्यारेन्टी, विद्युत उत्पादन तथा बिक्रीका लागि सहज कानुनी अवस्था रहेकोबारे लगानीकर्तालाई प्रस्ट पार्ने काम भयो ।’


मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपाली लगानीकर्ता सरहका सुविधा दिने, उत्पादिन विद्युत नेपाल सरकारले किन्ने ग्यारेन्टी गर्ने, उत्पादकले चाहेमा छिमेकी देशमा बेच्ने वातावरण सेमेत बनाइदिने प्रतिबद्धता जनाएका थिए ।


जवाफमा जापानी लगानीकर्ता तथा जाइकाका प्रतिनिधिले नेपालमा लगानी गर्न उत्साही भएको बताए । अन्तरक्रियामा जाइकाका दक्षिण एसिया विभागका महानिर्देशक, सर्वेक्षण विभागका अधिकारीलगायतले आफ्नो अनुभव सुनाएका थिए ।


अन्तरक्रियामा जापानमा जलविद्युतको क्षेत्रमा काम गरिरहेका तोसिबा, कान्साई, टोकियो ईलेक्ट्रोनिक्स, न्युजेक ईलेक्ट्रोनिक्सलगायत २५ कम्पनी सहभागी भएका थिए ।

जापानी लगानीकर्ताहरूसँग अन्तरक्रियासंगै मन्त्री पुनको जापान भ्रमणका कार्यक्रम सकिएका छन् ।मन्त्री पुन भोली शुक्रबार नेपाल फर्कने कार्यक्रम रहेको उनका नीजि सिचव दुर्गा चापागाँइले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७