दशैं लक्षित छोटा चलचित्र


२० आश्विन २०७६, सोमबार
Dashai0 03102019021929 600x0 1

काठमाडौं, २० असोज । युट्युबमा गीत-संगीतका म्युजिक भिडियो मात्र छैनन्, दशैंको बिदालाई मनोरञ्जक बनाउने उद्देश्यले दशैं विशेष छोटा चलचित्रहरू (वेब सिरिज) समेत अपलोड हुन थालेका छन् । केही वर्षयता यस्ता छोटा चलचित्र निर्माणको क्रम बढ्दै गएको छ ।

घटस्थापनाको दिन भाइब्स क्रिएसनले आफ्नो युट्युब च्यानलमा ‘दशैं भर्सेस गर्लफ्रेन्ड’ शीर्षकको वेब सिरिजको प्रिमियर गरेको छ । करिब २८ मिनेट लामो उक्त सिरिजको निर्देशन केदार धितालले गरेका हुन् । सिरिजका निर्माता पर्शुराम रिजालका अनुसार यो सिरिजमा दशैं–तिहारको सांस्कृतिक महत्वदेखि पर्व मनाउन नपाएका प्रसंगहरू समेत समेटिएको छ ।

परिधि मिडियाको युट्युब च्यालनमा यही दशैंलाई लक्षित गर्दै ‘दशैंको खसी’ अपलोड गरिएको छ । दमन रुपाखेतीद्वारा निर्देशित यो चलचित्रमा दमन रुपाखेती, नीरज नेपाल, बिन्दा खतिवडा, रक्षा गुरागाईं, श्रद्धा गौतम, होमनाथ तिमिल्सिना, भीमसेन अधिकारी आदिले अभिनय गरेका छन् ।

डी नेपालको युट्युब च्यानलमा ‘विधवाको दशैं’ अपलोड गरिएको छ । भावनात्मक छोटो चलचित्र भनिएको ‘विधवाको दशैं’ लाई गोमा थापाले निर्देशन गरेकी हुन् । यो चलचित्रमा गोमा थापा, उदय बुढाथोकी तथा रेखा थापा मुख्य भूमिकामा छन् ।

१४ मिनेट लामो चलचित्र विधवाको दसैंको निर्माण दीक्षान्त मुभिज क्रिएसनले गिरेको हो । डी नेपालकै युट्युब च्यानलमा ‘गरिबको दशैं’ शीर्षकको अर्को छोटो चलचित्र पनि अपलोड गरिएको छ ।

रिमझिम फिल्म्सले दसैं सिरिजका रूपमा ‘गरिबको दशैं’ शीर्षकको छोटो चलचित्र तयार पारेको छ । रिमझिम फिल्म्सको युट्युब च्यानलमा अपलोड गरिएको उक्त चलचित्रलाई किसन गाहा मगरले निर्देशन गरेका हुन् । यो चलचित्र युट्युबमा ३ लाख पटक हेरिसकिएको छ ।

परेली फिल्म्सले ‘रातो टीका’ शीर्षकको टेलिफिल्म तयार पारेको छ । परेली फिल्म्सकै युट्युब च्यानलमा अपलोड गरिएको मिलन कार्कीद्वारा निर्देशित यो टेलिफिल्ममा दशैं मनाउन परदेशबाट स्वदेश आएको एउटा छोराको कथा समेटिएको छ, जसले घर नपुग्दै आमालाई गुमाउँछ ।

पिएस मिडियाले ‘कालो दशैं’ शीर्षकको छोटो चलचित्र आफ्नो युट्युब च्यानलमा अपलोड गरेको छ । धनीको दशैं तथा गरिबको दशालाई आधार बनाइएको यो चलचित्रलाई निराजन पाण्डे तथा विष्णु रिजालले निर्देशन गरेका हुन् ।

डि दोस्ताना फिल्म्स भवानी शंकर नामको युट्युब च्यानलले ‘यो कस्तो दशैं’ शीर्षकको छोटो चलचित्र अपलोड गरेको छ । भवानी शंकरले निर्देशन गरेको यो चलचित्रमा कृष्ण उपाध्याय, राजकुमार शर्मा, टेकप्रसाद ढकाल, दिवाकर शर्मा, गणेश दर्जी, कृष्ण कार्की आदिले अभिनय गरेका छन् ।

बबाल कमेडी नेटवर्कले आफ्नो युट्युब च्यानलबाट ‘परदेशीको दशैं’ शीर्षकको छोटो चलचित्र ल्याएको छ । आरबी शर्माद्वारा निर्देशित उक्त चलचित्रमा ज्ञानबहादुर खड्का, आरबी शर्मा, प्रसन्ना महत, निरज मोक्तान आदिले अभिनय गरेका छन् ।

सञ्जीवनी इन्टरटेन्मेन्टको युट्युब च्यानलमा ‘गरिबी दशैं’ शीर्षकको चलचित्र अपलोड गरिएको छ । सन्तोष पौडेलद्वारा निर्देशित उक्त चलचित्रमा ज्ञानु बोहोरा, मिनु पौडेल, मनिषा श्रेष्ठ, रोशन पुडासैनी आदिले अभिनय गरेका छन् ।

यही च्यालनमा ‘पापी दशैं’ शीर्षकको अर्कोे चलचित्र पनि अपलोड गरिएको छ । सञ्जीवनी मिडियाले नै ‘अँध्यारो फूलपाती’ शीर्षकको चलचित्र अपलोड गरेको छ । यो चलचित्रलाई पनि सन्तोष पौडेलले नै निर्देशन गरेका हुन् ।

जनआवाज नेपालको युट्युब च्यानलमा चलचित्र ‘कालो दशैं’ पनि अपलोड गरिएको छ । सूदन थापाद्वारा निर्देशित यो चलचित्रमा पीताम्बर रिजाल, सम्झना डीसी, सिर्जु केसी, वसन्त बुढाथोकी, रोजन रोक्का आदिले अभिनय गरेका छन् ।

आदेश इन्टरटेन्मेन्टको युट्युब च्यानलमा ‘दशैं : त्यो कालो दिन’ शीर्षकको चलचित्र अपलोड गरिएको छ । आदेश जिसीद्वारा निर्देशित यो चलचित्रमा पूर्ण जिसी, हिमा जिसी, आदेश जिसी, आशिष जिसी, विजय श्रेष्ठ आदिले अभिनय गरेका छन् ।

मनास्लु इन्टरटेन्मेन्टको युट्युब च्यानलले दसैंलाई लक्षित गर्दै दमाइको दशैं सार्वजनिक गरेको छ । सुनिता नगरकोटी, प्रमिला घलान, किरण परियार, अनिल तामाङ आदिद्वारा अभिनित दमाईंको दशैंको निर्देशन गौतम पोखरेलले गरेका हुन् ।

जल राप्ती डिजिटलको युट्युब च्यानलमा ‘दमाइको कुपुत्र दशैं’ शीर्षकको चलचित्र अपलोड गरिएको छ । गणेशबाबु बीकेद्वारा निर्देशित उक्त चलचित्रमा गणेश बाबु, लीला थापा, आयुष परियार, मया लामा, प्रसन ओली आदिले अभिनय गरेका छन् ।

यसैगरी बीएनएस इन्टरटेन्मेन्टको युट्युब च्यानलमा उपलब्ध ‘यसपालिको दशैं’ शीर्षकको छोटो चलचित्रको निर्देशन सुदर्शन ढकालले गरेका हुन् । कान्तिपुर साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७