सिंहदरबारभित्रै बढी ‘कामचोर’ कर्मचारी : सयौं कर्मचारी बिना जानकारी अनुपस्थित


२९ आश्विन २०७६, बुधबार
karmachari 2

काठमाडौं, २९ असोज । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै निजामती कर्मचारीहरू अत्यधिक रूपमा कामचोर देखिएका छन् । समयमै कार्यालय नआउने र आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति मौलाउँदो छ ।

माथिल्लो तहबाट सशक्त अनुगमन नहुँदा कर्मचारीमा कुनै त्रास देखिँदैन । यस्तै समस्या अन्य सरकारी कार्यालयमा पनि छ ।

कर्मचारीमा कामचोर प्रवृत्ति मौलाउँदै जान थालेपछि प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा आकस्मिक छड्के जाँच गरेको छ ।

छड्के जाँचका क्रममा सयौं कर्मचारी बिना जानकारी अनुपस्थित रहेको पाइएको हो । सतर्कता केन्द्रका अनुसार मन्त्रालयका कर्मचारीहरूले नै नियमको पालना नगर्ने गरेको पाइएको छ ।

केन्द्रले कार्यालय समयमा गरेको अनुगमनका क्रममा निम्नदेखि उच्च तहका कर्मचारीले अनुशासन उल्लंघन गरेको पाइएको हो । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७