हात्तीको आक्रमणबाट एकको मृत्यु


३० आश्विन २०७६, बिहीबार
elephant

कञ्चनपुर, ३० असोज । जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको घटनास्थलमै ज्यान गएको छ ।

घरदेखि जङ्गलको बाटो भएर बाणीतर्फ जाने क्रममा बुधबार दिउँसो बोहरालाई जङ्गली हात्तीको बथानले आक्रमण गरेको अस्थायी प्रहरी पोष्ट बन्साहाका प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए ।

‘घरबाट बाणीतर्फ जाने क्रममा बाटोमा जङ्गली हात्तीको आक्रमणमा घटनास्थलमै ज्यान गएको देखिन्छ’ प्रहरी सहायक निरीक्षक पन्तले भने । केही सातायता जिल्लाका शुक्लाफाँटा, भीमदत्तनगरपालिका र बेदकोट नगरपालिकामा जङ्गली हात्तीले नोक्सान पु¥याउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७