एनआरएनए निर्वाचनकाे मतदान सकियाे, दुई हजार ३५९ मत खस्यो


३० आश्विन २०७६, बिहीबार
Nrna election

काठमाडाैं, ३० असाेज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि बिहिबार मतदान भएको छ ।   नयाँ नेतृत्वका भएको मतदान बेलुका ६ बजे सकिएको हो।

बुधबार निर्धारित समय भन्दा करिब तीन घण्टा ढिलो बेलुका ८ बजे मतदान सुरु भएको केहीबेरमै कम्प्युटरमा समस्या आएको भन्दै मतदान स्थगित भएको थियो । भोटिङ मेसिनको सट्टा मतपत्र प्रयोग गरी मतदान गरिएको हो ।

आगामी दुई वर्षका लागि कुमार पन्त र कुल आचार्यको प्यानल चुनावी मैदानमा उत्रिएका छन् । ४ जना उपाध्यक्ष पदका लागि ९ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला उपाध्यक्षमा सपिला राजभण्डारी र रविना थापा प्रतिस्पर्धामा छन् । महासचिवमा जानकी गुरुङ र हेमराज थापाको उम्मेदवारी परेको छ । दुई जना सचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पदमा तीन जना प्रतिष्पर्धामा छन्। सोमनाथ सापकोटा, महेशकुमार श्रेष्ठ र सुदन थापाको कोषाध्यक्षमा उम्मेदवारी परेको छ ।

महिला संयोजकमा प्रमिला खड्का बस्नेत, भोमादेवी लिम्बु र संगीता मरहट्टा उम्मेदवार छन्। युवा संयोजकमा हिमाल गुरुङ, स्वतन्त्रप्रताप थापा र सुदीप कार्कीबीच मतदान हुने भएको छ। अफ्रिकाको क्षेत्रीय संयोजकमा रोशन थापा निर्विरोध चयन भएका छन् । अफ्रिकाक्षेत्रको महिला संयोजकमा मनकला थापा विष्ट उम्मेदवारी छिन् ।

केही बेरमा मतगणनाको तयारी गरिएको छ। बिहीबार राति नै मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ। अध्यक्षको लागि भएको निर्वाचनमा आचार्य र कुमार पन्त उम्मेदवार छन्।

एनआरएनएका शाखा र केन्द्रीय समितिका गरी २ हजार ६५६ छन्। तर, मतदानमा २ हजार ३४१ मत खसेको निर्वाचन समितिले जनाएको छ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७