अब एनआईसी एशिया बैंकका ग्राहकले अनलाईनबाटै हवाई टिकट लिन सक्ने


४ कार्तिक २०७६, सोमबार
Nic Asia Bank Logo

काठमाडौं, ४ कात्तिक ।  एन आई सी एशिया बैंक लिमिटेड र सस्तो टिकेटस्बीच एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् सस्तो टिकेटस्का ग्राहकहरुले हवाई टिकट तथा होटल बुक गरी सजिलै भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।


सम्झौताबमोजिम बैंकका ग्राहकहरुले एन आई सी एशियाको मोबाइल बैकिङ्गलगायत एनसीएचएल ९कनेक्ट आईपीएस० र अन्य कुनै पनि बैंकको फोन पे एप प्रयोग गरी हवाई टिकट तथा होटलको बुकिङ्ग अनलाईनमार्फत् भुक्तानी गर्न सक्नेछन् ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सस्तो टिकेटस्को तर्फबाट अध्यक्ष सम्राट दाहालले हस्ताक्षर गरेका छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७