बग्दादी : जसलाई तालिमप्राप्त कुकुरले लखेटेर यसरी मारियोे


११ कार्तिक २०७६, सोमबार
bagdadi 1

सिरिया, ११ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुख्यात विद्रोही समुह इस्लामिक स्टेट (आईएस) का मुख्य नेता अबु बकर अल–बग्दादी मारिएको घोषणा गरेका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सिरियामा अमेरिकी सेनाले गरेको कारवाहीको क्रममा बग्दादी आफैंले आत्माघाती विष्फोट गराएर आफ्नै ज्यान लिएको दाबी गरे । अमेरिकी सैनिकका तालिम प्राप्त कुकुरहरुले लखेटिरहेको बेला सुरुङभित्र लुकेका बग्दादीले त्यही आत्माघाती विष्फोट गराएको ट्रम्पको जिकिर छ ।

इराक र सिरिया क्षेत्रमा ‘क्यालिफेट’ अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्यको घोषणा गरेपछि अल–बग्दादी सन् २०१४ मा चर्चामा आएका थिए ।

बग्दादीकै नेतृत्वमा इस्लामिक स्टेटले गरेका कैयौं हत्याका घटनामा हजारौं मानिसले ज्यान गुमाइसकेका छन् । उक्त जिहादी समूहले करिब ८० लाख मानिसमाथि क्रुर शासन लादेको थियो ।
इराक र सिरियाका साथै अन्यत्र पनि इस्लामिक स्टेटका लडाकुहरू सक्रिय थिए । आईएसका नेता अल–बग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्थे ।

सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारीक रूपमा आतंककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा अढाई करोड डलरको पुरस्कार घोषणा गरेको थियो ।

बग्दादी एक अत्यन्तै व्यवस्थित र क्रुर विद्रोही योद्धाका रूपमा कुख्यात थिए । सन् १९७१ मा बग्दादको उत्तरस्थित समरामा उनको जन्म भएको थियो ।

विवरणहरूका अनुसार अमेरिकाले सन् २००३ मा इराकमा अतिक्रमण गर्दा ताका बग्दादी त्यहीको एक मस्जिदमा धर्मगुरु थिए । कतिपयका अनुसार सद्दाम हुसैनको शासनताका नै बग्दादी विद्रोही जिहादी भइसकेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७