उपनिर्वाचन जीवन–मरणको सवाल : देउवा


११ कार्तिक २०७६, सोमबार
28 Shares
deuwa

भक्तपुर, ११ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले अन्तरघातको नामै सुन्न नचाहेकाले आसन्न उपनिर्वाचनमा कांग्रेसलाई जिताउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

शुभ दीपावली २०७६, नेपाल संवत् ११४० नयाँ वर्ष (न्हुदँ) तथा छठको अवसरमा नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले सोमबार गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त निर्देशन दिएका हुन् । उनले उपनिर्वाचन कांग्रेसको लागि जीवनमरणको प्रश्न भएको जिकिर गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘म अन्तरघातको नामै सुन्न चाहन्न’, सभापति देउवाले भने, ‘यो जीवनमरणको प्रश्न छ । त्यसैले सबै एकजुट भएर चुनावमा लाग्नुपर्छ ।

’उनले भक्तपुरको चाहनाअनुसारकै व्यक्तिलाई उपनिर्वाचनको टिकट दिइने स्पष्ट पारे । भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश क मा यहीं आउँदो मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचनको लागि भक्तपुर कांग्रेसले सहमति जुटाउन नसकेपछि आकांक्षी १० जनाको नाम केन्द्रमा सिफारिस गरेर पठाएको छ ।

jagdamba.cement
rbbbb

जसमध्ये कांग्रेस केन्द्रले सबैसँग छलफल गरे भरसक भक्तपुरले चाहेको उम्मेदवारलाई टिकट दिने तर कुनै पनि हालतमा भक्तपुरका कांग्रेसलाई चुनाव जिताउन सभापति देउवाले जोड दिए । उनले महंगी अचाक्ली बढेकोसमेत सुनाए । सभापति देउवाले सरकारले विधेयकमार्फत व्यक्तिगत सम्पत्तिको रुपमा रहेको जग्गामा नियन्त्रण गर्न खोजेको भन्दै आक्रोश पोखे ।

संविधानमै मौलिक हकको रुपमा रहेको जग्गा जमिनबाट व्यक्तिहरुलाई हटाउने षड्यन्त्र भइरहेको उनको भनाइ थियो । मुलुक अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको भन्दै उनले कम्युनिष्ट सरकारलाई जवाफ दिन आउँदो उपनिर्वाचनमा कांग्रेसले जित्नै पर्ने स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७