गेटाफेसँग ग्रानाडा पराजित


१५ कार्तिक २०७६, शुक्रबार
getafe

काठमाडौं, १५ कार्तिक । गेटाफेसँग पराजित भएपछि ग्रानाडाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।

यसै सिजन शीर्ष डिभिजनमा उक्लिएर अविस्मरणीय प्रदर्शन गरेको ग्रानाडाले गेटाफेको मैदानमा भने ३–१ को हार ब्यहोर्नु परेको छ । गेटाफेका लागि एन्जलले खेलको ३५औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ४१ औं मिनेटमा माउरो अराम्बारीले गोल गरेपछि गेटाफेले पहिलो हाफअघि दुई गोलको अग्रता लिन सफल भयो ।

७४औं मिनेटमा एन्टोनियो पुयर्तासले गोल गर्दै ग्रानाडालाई खेलमा फर्काए । तर टिमोरले ८८औं मिनेटमा अर्को गोल गरेपछि ग्रानाडा ३–१ ले पराजित भयो । पराजयको बाबजुत ग्रानाडा २० अंक सहित तेस्रो स्थानमा यथावत छ ।

गेटाफे १६ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । ला लिगामा एइबारले भिल्लारियललाई २–१ ले हरायो । मालोर्का र ओसासुनाबीचको खेल भने २–२ गोलको बराबरीमा सकियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७