साधारण तारेखमा छुटिन अभिनेत्री पोखरेल


२९ कार्तिक २०७६, शुक्रबार
Shilpa Pokhrel 3

काठमाडौँ, २९ कात्तिक ।  जिल्ला अदालत काठमाडौँले अभिनेत्री शिल्पा पोखरेललाई बहुविवाह मुद्दामा साधारण तारेखमा बस्न आदेश दिएको छ ।  न्यायाधीश मुकेश उपाध्यायको इजलाशले पोखरेललाई साधारण तारेखमा बस्न आदेश गरेको हो ।

न्यायाधीश मुकेश उपाध्यायको इजलासले सो आदेश दिएको अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले पुष्टि गरे । निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा पोखरेल शुक्रबार अदालतमा हाजिर भएपछि सो आदेश भएको हो ।  

निर्माता ओझाको प्रथम पत्नी हेमाकुमारी ओझाले बहुविवाहको मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले पोखरेललाई यसअघि पक्राय पुर्जी जारी गरेको थियो ।   तर, पूर्जीविरुद्ध शिल्पा उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् । यद्यपि, उनको विपक्षमा फैसला भएपछि शुक्रबार अदालतमा उपस्थित भएकी हुन् । निर्माता ओझा भने अहिलेसम्म अदालत उपस्थित भएका छैनन् ।

पोखरेल र निर्माता ओझाको डिभोर्स प्रक्रिया अगाडि बढेको समयमा छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरीमा उजुरी दिएपछि यो घटनाले नयाँ मोड लिएको थियो । हेमाले सुरुवातमा गौशाला प्रहरीमा उजुरी दिएकी थिइन् । तर, गौशाला प्रहरीले कालिमाटी महिला सेलमा पठाइदिएको थियो ।

 घरेलु हिंसाको मुद्दाबाट सुरु भएको शिल्पा र छविको विवाद अन्तिम समयमा सम्बन्धविच्छेद गर्नेसम्म आइपुगेको थियो ।  । निर्माता छविले हेमा ओझापछि तीनवटा विवाह गरेको खुलेको छ । हेमापछि छविले दोस्रो विवाह गरेकी गीताञ्जली सुनुवारको मृत्यु भइसकेको छ । चलचित्र क्षेत्रमै काम गरिरहेकी उनले आत्महत्या गरेकी थिइन् ।

त्यसपछि विवाह गरेकी अभिनेत्री रेखा थापाले करिब १२ वर्ष सँगै बसेर सम्बन्धविच्छेद गरेकी थिइन् । वि.सं. २०७३ साल असार २९ गते बिहे गरेका छवि र शिल्पाले गतबर्षको पौषमा मात्र बिहे दर्ता गरेका थिए । शिल्पासँग छविको चौथो विवाह हो ।

शिल्पाले भने आफूलाई छविका २ श्रीमती गिताञ्जली र रेखा थापा मात्र रहेको बिषयमा जानकारी भएको बताउँदै आएकी थिइन् ।

छवि ओझासँग रेखा थापाले सम्बन्धविच्छेद गर्दा ५६ लाख अंशबापत लिएकी थिइन् । २७ जेठ ०६९ मा काठमाडौंको साबिक ८ नम्बर वडाको कित्ता नम्बर १३८ मा रहेको घरजग्गा डिल्लीबजार मालपोत कार्यालयमा पुगेर रेखाले छविको नाममा स्रेस्ता कायम गरेकी थिइन् ।  रेखाले घरजग्गा छविलाई र छविले रेखालाई अंशबापत ६५ लाख रुपैयाँ नगद दिएपछि मिलापत्रका आधारमा जिल्ला अदालत काठमाडौंबाट १९ असार ०७३ मा सम्बन्धविच्छेद भएको थियो ।



प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७