सर्वाधिक पुरस्कार राशि भएको एकदिवसीय प्रधानमन्त्री कप जेठ ९ गतेबाट हुने


२ भाद्र २०७४, शुक्रबार
tribhuwan university

tribhuwan university

काठमाडौं : सर्वाधिक पुरस्कार राशि भएको एकदिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुनेभएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरको व्यवस्थापनमा सो प्रतियोगिता आगामी जेठ ९ गतेबाट सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा पाँच विकास क्षेत्रसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल ९एपिएफ०ले प्रतिस्पर्धा गर्ने राखेपका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित २० लाख तथा उपविजेताले १० लाख प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने टोलीले ५० हजार, म्यान अफ दी सिरिजले एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले सम्भावना बोकेका खेलाडीका लागि उक्त प्रतियोगिता महत्वपूर्ण हुने बताए। लिगकम नकआउटको आधारमा खेलाइने उक्त प्रतियोगिताका सहभागी टोलीलाई तयारी खर्चस्वरुप ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ । जेठ २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

रासस

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७