मेस्सीले पाए छैटौं पटक बालोन डि’ओर अवार्ड


१७ मंसिर २०७६, मंगलवार
messi 1

काठमाडौं, १७ मंसिर । लियोनेल मेस्सीले कीर्तिमानी इतिहास रच्दै छैटौं पटक बालोन ’डि’ओर अवार्ड जितेका छन् । बार्सिलोनाका कप्तान मेस्सीले सन् २०१५ यता पहिलो पटक अवार्ड उचालेका हुन् ।

फ्रान्सको चर्चित फुटबल पत्रिकाले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने यो अवार्ड मेस्सीले सन् २००९ मा पहिलो पटक उचालेका थिए । त्यसपछि उनले सन् २०१०,११,१२ र १५ मा यो अवार्ड जितेका थिए ।

गएको सिजन (२०१८–२०१९) मा क्लब र राष्ट्रिय टिमबाट मेस्सीले ५४ गोल गरेका थिए । लिभरपुलका भर्जिल भान डिजेक र युभेन्टसका क्रिश्चियानो रोनाल्डोलाई पछि पार्दै उनले छैटौं पटक अवार्ड उचालेका हुन् । खेलाडी, प्रशिक्षक तथा खेलाडीको मतका आधारमा प्रदान गरिने यो अवार्ड गत वर्ष रियल मड्रिडका लुका मोड्रिकले जितेका थिए ।

‘आज मैले छैटौं बालोन डी’ओर जितें । यो विलकुल फरक क्षण हो, यो समय मेरा सन्तान र परिवारसँग बिताउने छु’, अवार्ड जितेपछि मेस्सीले भने ।

यस्तै यसै वर्षबाट उत्कृष्ट गोलरक्षकलाई दिन शुरू गरिएको याशिन ट्रफी लिभरपुलका एलोसनले पाएका छन् । बालोन डी’ओर जित्ने एक मात्र गोलरक्षक याशिनको नाममा यो ट्रफी शुरु गरिएको हो ।

त्यस्तै २१ वर्षमुनिका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने कोपा ट्रफीको अवार्ड युभेन्टस तथा नेदरल्याण्डसका डिफेन्डर माथेज डी लिग्टले पाएका छन् । उनलाई बालोन डी’ ओरका पूर्व विजेताहरुले छनौट गरेका हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७