प्रधानमन्त्रीकाे पीर : डायलासिसका लागि फेरि अस्पतालमा


२४ मंसिर २०७६, मंगलवार
kp sharma oli pm

काठमाडौं, २४ मंसिर । एपेन्डिसाइटिसको उपचारका लागि १० दिन अस्पताल बसेर गएको बिहीबार मात्र डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओली फेरि अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौलाको डायलासिसका लागि आज (मंगलबार) साँझ शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको हो ।

‘नियमित डायलासिसका लागि अस्पताल लगिएको हो । डायलासिस सकिएपछि उहाँ अस्पतालबाट फर्किनु हुन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने । प्रधानमन्त्री ओलीको मंसिर १० मा सोहि सेन्टरमा अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

अपेन्डिसाइटिस फुटेका कारण प्रधानमन्त्रीको पेटमा समेत संक्रमण भएको थियो । दुबै मृर्गौलाले काम गर्न छोडेपछि प्रधानमन्त्री ओलीको पटक–पटक डायलासिस गरिंदै आएको छ । उनको पुनः मृर्गौला प्रत्यारोपणका लागि प्रक्रिया अघि बढिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७