नेपालको नक्सामा लिम्पियाधुरा, कालापानी क्षेत्र खै सरकार ?


२६ मंसिर २०७६, बिहीबार
Nepal map

काठमाडौं, २५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मंगलबार समापन भएको छ । नेपालले यसअघिको सागमा भन्दा सबैभन्दा धेरै ५१ स्वर्ण, ५५ रजत र ९२ कास्यसहित कुल १९८ स्वर्ण जित्न सफल भयो ।

मंसिर १५ गते भव्य उद्धघाटन गरेको समापन पनि भव्य रुपमा गर्‍यो । पुरुष फुटबलको फाइनल खेलपछि तीन ३ घण्टा समापन समारोह चलेको थियो । समारोहमा प्रधानमन्त्रीको भिडियो सम्बोधनदेखि ७ देशको खेलाडीहरु मार्चपास गरेका थिए ।

प्रमुख अतिथि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर (सुनार) विश्वकर्मा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलबाल सम्बोधन गरेको समापन समारोहमा आकर्षक झाँकी, मार्चपास, सांस्कृतिक कार्यक्रम, आतिशबाजी समेत गरिएको थियो ।

यस्तै समापन समारोहमा ड्रोनबाट नेपालको नक्सा र झण्डा, पशुपतिनाथको मन्दिर, गौतम बुद्धको आकृति आकाशमा देखाएको थियो । यसरी आकृति देखाउँदा देखाइएको नेपालको नक्सामा कालापानी, लिम्पियाधुरा क्षेत्र देखाइएन ।

जम्बु काश्मिर भारतको केन्द्र सरकारको मातहत आएपछि भारतले जारी गरेको नक्सामा नेपालको लिम्पियाधुरा पनि आफनो नक्सामा पार्‍यो । यसरी लिम्पियाधुरासहितको नक्सामा जारी भएपछि नेपालमा व्यापक विरोध भयो । यस विषयमा नेपालको दलहरुबीच राष्ट्रिय एकता समेत भएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले एक इञ्च नेपाली भूमि पनि कसैलाई मिच्न नदिने र अरूको भूमि पनि आफूलाई नचाहिने उद्घोष गर्दै नेपाली भूमिबाट विदेशी सेना फिर्ता हुनुपर्ने बताएका थिए ।

यस्तै लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा गरिएको विरोध प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिका पक्षबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाईपछि सर्वोच्च अदालतले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई ‘नेपालको भू–भाग’ उल्लेख भएको बताएको थियो । भने सर्वोच्चले नेपाल सरकारलाई लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गर्न आदेश दिएको थियो ।

संयोजक भैरव रिसाल, सदस्यहरु विज्ञ प्रा.डा. नरेन्द्र राज खनाल, कोमलचन्द्र बराल, डा. द्वारिकानाथ ढुङ्गेललगायतका रहेको नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा समेत सार्वजनिक गरेको छ ।

उक्त नक्सा सार्वजनिक भएसँगै नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहाल, पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ खुसी व्यक्त गरेका थिए । तर सात देश सम्मिलित देशहरुको खेलकुदको महाकुम्भमा नेपालको नक्सामा कालापानी क्षेत्र देखाइएन् । आफनो देशको आधिकारिक नक्सा विश्व सामु ल्याउन फेरी देखाउन नेपाल चुकेको छ ।

यो पनि पढ्नुहोस्
महिला खेलाडीले देशको शिर उच्च बनाएको साग
स्वर्ण जित्दै नेपाल साग फुटवलमा फेरि बन्यो ‘च्याम्पियन’
‘जलपरी’ गौरिका बनिन् साग प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी
स्वर्ण पदक विजेता खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा, गौरिकाको पुरस्कार ६५ लाख
नेपाल प्रहरीका खेलाडीले जिते सागमा ५६ पदक, कसले कुन पदक जिते ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७