पर्वतमा २१ सिंचाइ आयोजना निर्माण शुरु


२८ मंसिर २०७६, शनिबार
sichai

पर्वत, २८ मंसिर । पर्वतका स्थानीय तहमा २१ सिंचाइ आयोजना निर्माण हुने भएका छन् । चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत ५०० हेक्टरभन्दा धेरै जमीन सिँचाइ हुनेगरी आयोजना निर्माण हुन लागेका हुन् ।

कृषिमा आधुनिकीकरणसँगै खाद्यान्न, तरकारी र फलफूल खेतीलाई सिँचाइ सहज बनाउन फलेवास नगरपालिकामा मात्रै सात नयाँ सिँचाइ निर्माण हुन लागेका हुन् ।

त्यस्तै, कुश्मा नगरपालिकामा चार, पैयुँमा तीन, जलजलामा तीन, मोदीमा दुई र बिहादीमा दुई सिँचाइ आयोजना निर्माण हुन लागेका हुन् । चालू वर्षमै काम शुरु भएर सकिने गरी सञ्चालित आयोजनाले जिल्लाको ५१२ हेक्टर खेतीयोग्य जमीन समेट्ने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले जानकारी दिएको छ जसका लागि चालू वर्ष रु नौ करोड ५४ लाख बजेट छ ।

स्रोत भएर पनि सिँचाइ सहज हुन नसकेका क्षेत्र छनोट गरेर चालू वर्ष नै सक्नेगरी कतिपय आयोजना शुरु भइसकेको डिभिजन प्रमुख थलबहादुर तामाङले बताए । सिँचाइ आयोजना निर्माण हुने चरणमा रहेका अधिकांश ठाउँ धान, मकै, गहुँ र तरकारी बालीका लागि पकेट क्षेत्रका रूपमा छन् । थोरै लगानीमा किसानले धेरै प्रतिफल लिने क्षेत्रलाई छनोट गरी सिँचाइ आयोजना अगाडि बढाइएको उनले बताए ।

जिल्लामा २८ हजार ५९३ हेक्टर खेतीयोग्य जमीन भएकोमा परम्परागत सिँचाइ आयोजनाबाट सिञ्चित हुने जमीनको क्षेत्रफल नौ हजार ९४० हेक्टर जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७